अत्तरिया - सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाको मुख्य केन्द्रका रुपमा अत्तरिया चोकमा स्वार्गिय राजा महेन्द्रको शालिका पुन निर्माण गर्ने तयारी अगाडी बढाइएको छ । कैलालीको गोदावरी नगरपालिका भित्रका युवाहरु एक जुट हुदै अत्तरिया चोकमा स्वार्गिय राजा महेन्द्र बिर बिक्रम शाहाको शालिका पुन निर्माण गर्ने तयारी अगाडी बढाइएको हो ।
२०६२÷२०६३ को जन आन्दोलनका बेला अत्तरिया चोकको बिच भागमा बनाइएको स्व. राजा महेन्द्रको शालिक ध्वस्त पारिएको थियो ।
राजा महेन्द्रको शालिक हुदाँ निकै आकर्षक देखिएको प्रदेशकै मुख्य केन्द्र अत्तरिया चोक अहिले भने अस्तब्यस्त र निकै कुरुप देखिएको छ ।
शनिवार अत्तरियामा रहेको शिव मन्दिरमा बसेको विश्व ऊँकार एकता महाअभियान प्रार्थना सभामा सहभागी स्थानिय सरोकारवालाहरुको भेलाले स्व.राजा महेन्द्रको शालिक निर्माणका लागि तदर्थ समिति गठन गरिएको छ ।
गोदावरी नगरपालिका वडा नं २ तेघरी निवासी युवा समाजसेवी हरि भट्टराईको अध्यक्षतामा १४ सदस्यीय स्व.राजा महेन्द्रको शालिक निर्माण अभियान तदर्थ समिति गठन गरिएको हो । उक्त अभियानको समितिमा उपाध्यक्षमा यज्ञराज भाट , सचिबमा दुर्गा कुमार पोखरेल र कोषाध्यक्षमा निरज कार्की चयन भएका छन् ।
यस्तै सदस्यहरुमा भुवनेवर भट्ट , खगेन्द्र नाथ योगी , शिव प्रशाद पौडेल , चन्द्र बिष्ट , भोजराज अबस्थी , मनिष खरेल , बिराट भट्टराई , शेर बहादुर बोहरा र पदम कार्की रहेका छन् ।
नगरपालिका भित्रका सरोकारवालाहरुले हाम्रो पुराना इतिहासहरुलाई जति मेटाएपनि नमेटिने र यसको संरक्षण र सम्बद्धन गर्नुका अबका युवाहरुको दायित्व भएको भन्दै अत्तरिया चोकमा शालिक निर्माण अभियानलाई अगााडी बढाउन आग्रह गरेका थिए ।
सोही क्रममा युवा ब्यबसायी समेत रहेका सामाजिक कार्यमा निकै अग्रसर रहने हरि भट्टराईको नेतृत्वमा अहिले तदर्थ समिति गठन गर्दै अभियानको सुरुवात गरिएको छ । अहिले नै कस्तो शालिक बनाउने भन्ने बिषयमा छलफल नभएको अध्यक्ष भट्टराईले बताएका छन् ।
उनले अहिले सुरुमा तदर्थ समिति बनेको र अब यसले यसका बिषयमा बृहत रुपमा छलफल गरेर निर्णय लिने उनले बताएका छन् ।
उनले अत्तरिया चोक एउटा पुरानो इतिहास भएको र पुराना इतिहासलाई हामी सबैले बचाएर आउदाँ पिडिहरुलाई देखाउन लाग्नुपर्ने बताए ।
उनले आफुहरुले थालेको यस महाअभियानमा सबै नगरबासी सहित सुदूरपश्चिमेलीबासीहरुलाई साथ दिन आग्रह गरेका छन् । अत्तरिया चोकलाई ब्यवस्थित बनाई शालिक पुन निर्माण भएपछि अत्तरियाको मात्रै नभई पुरै सुदूरपश्चिम र देशको सम्मान हुने र पर्यटन प्रबद्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।