अत्तरिया - कैलालीको अत्तरिया बजारमा निशुल्क मास्क वितरण गरिएको छ । ईलाका प्रहरी कार्यालय मालाखेती , सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय , अत्तरिया उधोग वाणिज्य संघ र अत्तरिया युवा क्लबद्धारा संयुक्त रुपमा बजारमा मस्क नलगाई हिड्नेहरुलाई प्रहरीको र्याली सहित निशुल्क रुपमा मास्क वितरण गरेको हो ।
कोरोनाको जोखिमवाट बच्न नेपाल प्रहरीले संचालन गरेको तपाईको मास्क खै भन्ने अभियान अन्र्तगत बजार क्षेत्रमा हिडडुल गरिरहेको पैदन यात्री , सवारी चालक , सहचालक , सवारी साधन भित्र रहेको यात्रुहरु , बजार क्षेत्रमा ब्यापार व्यबसाय गरिरहेका ब्यापारीहरु लगाएत सबैलाई एक एक वटा मास्क निशुल्क रुपमा वितरण गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक प्रेम बहादुर शाहीले जानकारी दिए ।
उनले महामारीका रुपमा फैलिएको कोरोनावाट आफु पनि बचौ र अरुलाई पनि बचाउ भन्ने मुल नाराका साथ नेपाल सरकारको कार्यक्रम प्रहरीले संचालन गरेको तपाईको मास्क खै भन्ने अभियान अन्र्तगत अत्तरिया बजारको चारै कुनामा पुगेर ७ हजार ५ सय वटा मास्क वितरण गरेको बताए ।
यसको मुख्य उध्ेश्य भनेको नियमित रुपमा मास्क प्रयोग गरौ , कोरोनावाट आफु , आफ्नो परिवार र अरुलाई बचाउ भन्ने रहेको उनको भनाई छ ।
उनले कोरोना रोकथाम र नियन्त्रणका लागि यसरी प्रहरीले बजारमा पुगेर मास्क दिएपनि दोस्रो दिनदेखी सबैले आफै सचेत भएर नियमित रुपमा मास्क प्रयोग गर्छन भन्ने विश्वास रहेको बताए ।
सुरुमा निशुल्क रुपमा मास्क वितरण गर्दै नियमित रुपमा मास्कको प्रयोग गर्न सम्झाई बुझाई समेत गरिएको बताए ।
ट्रफिक प्रहरी कार्यालय अत्तरिया , अत्तरिया उधोग वाणिज्य संघ र अत्तरिया युवा क्लब लगाएतको सहयोगमा कार्यक्रम गरिएको र यसलाई निरन्तरता दिदै जाने उनले बताए ।
तेस्रो चरणको कोरोना भाईरसको जोखिमवाट बच्न र आगामी दिनहरुमा सबैलाइै मास्क लगाउन प्रेरित गर्नका लागि मास्क वितरण कार्यक्रम गरिएको अत्तरिया युवा क्लबका अध्यक्ष दिपिन साउँदले जानकारी दिए ।
उक्त कार्यक्रममा ईप्रका मालाखेती र ट्रफिक प्रहरी कार्यालयका प्रहरीसंगै , अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा , अत्तरिया युवा क्लबका अध्यक्ष दिपिन साउँद , गोदावरी पत्रकार मञ्चका पदाधिकारीहरु सहभागि रहेका थिए ।