अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ३ मा रहेको माउन्ट एभरेष्ट युवा क्लबले एक बर्ष अगाडी चौकीडाडामा गोदावरी खुल्ला ब्याडमिन्टन प्रतियोगिता भब्यताका साथ सम्पन्न गञ्र्यो ।
खुल्ला ब्याडमिन्टन प्रतियोगिताको समापन कार्यक्रममा वर्तमान सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी र गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत सहभागी थिए ।
खेल मैदानको अभावका बिच पनि स्थानिय युवाहरुले जसोतसो खेल संचालन गरी सम्पन्न गरे । कार्यक्रममा बोल्ने अधिकांशले अत्तरिया आसपास खेलकुदका गतिबिधिहरु संचालन गर्नका लागि खेल मैदानको सबै भन्दा ठूलो आवश्यकता रहेको बताए ।
यही समस्यालाई लिएर माउन्ट एभरेष्ट युवा क्लबका तर्फवाट कार्यक्रममा सहभागी राज्यमन्त्री चौधरी र उप प्रमुख कडायतलाई बेडमेन्टिन लगाएत अन्य खेलका लागि कोर्ट बनाउने भन्दै मिनि कवर्डहल निर्माणका लागि प्रस्तावना पेश गरे । तर एक बर्षदेखी आफ्नो प्रस्तावनाका बिषयमा जनप्रतिनिधिहरुले कुनै काम नगरेको माउन्ट एभरेष्ट युवा क्लबले गुनासो गरेको छ ।
माउन्ट एभरेष्ट युवा क्लबका सदस्य हेम भण्डारीले ठूलो आशा बोकेर जनप्रतिनिधिलाई कार्यक्रमै बोलाएर समस्या सहित प्रस्तावना राखे पनि अहिले आफुहरुको प्रस्तावनाको बिषयमा वेवास्ता गरिएको गुनासो गरेका छन् ।
उनले प्रदेशको राजधानी समेत भैरहेको गोदावरी नगरपालिका भित्र एउटा पनि ब्यबस्थित खेल मैदान नहुनु निकै दुर्भाग्यपुर्ण बिषय रहेको बताए । उनले आफ्नो समाजिक संजाल फेसबुक मार्फत पनि आफ्नो प्रस्तावनाको बिषयमा जनप्रतिनिधिहरुको ध्यानाकाषर्ण गराएका थिए ।
"गोदावरी नगरपालिका ३ चौकिडाडामा भएको खुला ब्याडमिन्टन प्रतियोगितामा १ बर्ष अगाडी प्रदेस सांसद चुनकुमारी चौधरी ज्यू र गोदावरी नगरपालिकाकी उपमेयर रत्ना कडायत ज्यूलाई चौकिडाडामा मिनि कबडहल प्रस्तावना दियका थियौ । उहाँहरुले यसपालि बजेट नभएकोले आगामी बर्षको बजेटमा आश्वासन दिनुभएको छ । यस क्षेत्रकि सांसद चुनकुमारी चौधरी मन्त्री पनि हुनु भएको छ उहालाई धेरै धेरै बधाई छ र आसा गरौ हाम्रो कामले पुणता पाउनेछ उनले सामाजिक संजालमा लेखेका छन् ।"
उनले मिनि कवर्ड हलमा लागि जग्गको आवश्यकता पर्नेमा जग्गा उपलब्ध गराउन यहाँको सामुदायिक वन तत्पर रहेको समेत बताए । उक्त मिडि कर्वड हलमा भलिबल तथा ब्याटम्यान्टिन कोर्ट , बास्केट बल तथा टेबल टेनिस कोर्ट बनाइने प्रस्तावनामा राखिएको छ ।
यस क्षेत्रमा मिडि कबर्ड हल भएमा यस क्षेत्रका बिभिन्न क्लब , स्कूल तथा अन्य सरोकारवालाहरुलाई पनि खेलकुद आयोजनाहरु गर्न सहज र दर्शकहरुलाई पनि उचित ब्यबस्थापन गर्न सकिने भएकाले छिट्टै निर्माणमा सहयोग गरिदिन क्लबका सदस्य भण्डारीले अनुरोध गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारकी राज्यमन्त्री चुनकुमारी चौधरीले यस बिषयलाई आफूले गम्भिरता पूर्वकनै लिएको बताएका छन् । गत बर्ष कोरोना महामारीका कारण काम गर्न नसकेको बताउदै राज्यमन्त्री चौधरीले यसका लागि आफुले निरन्तर प्रयास गरिरहेको बताएकी छन् ।
यता गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतले आफू जनपै्रतिनिधि भएर आएदेखी नै अत्तरिया क्षेत्रमा खेलकुदका गतिबिधिहरु संचालन गर्नका लागि खेल मैदान अभाव रहेकोले खेल मैदान बनाउनुपर्छ भन्नेमा जोड दिइरहेको बताइन् ।
उनले क्लबका तर्फवाट प्रस्तावना आइसकेपछि आफूले नगरपालिकामा नगप्रमुखसंग यस बिषयमा छलफल समेत गरेको बताइन् । उक्त मिनि कवर्डहल निर्माण गर्नका लागि भनेर नगरसभावाटै पास गरेर नितिमा ल्याइसकेको उप प्रमुख कडायतको भनाई रहेको छ ।