अत्तरिया - कैलालीको गोदावरी नगरपालिका भित्रका १५ जना स्वास्थ्यकर्मीहरु सम्मानित भएका छन् ।
गोदावरी नगरपालिका स्वास्थ्य शाखाले आज एक कार्यक्रमका बिच नगरभित्रका बिभिन्न स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमा कार्यरत रहेका १५ जना उत्कृष्ट स्वास्थ्यकमीहरु छनौट गर्दै नगद सहित सम्मानित गरेका हो ।
सम्मानित हुनेहरुमा नगरपालिकाको बिकट हाटखोलीमा कार्यरत अहेब बहादुर ओली , फुलबस्तीमा कार्यरत अहेब दिपक राज जोशी , चापसल्लीमा कार्यरत अहेब पदम बोहरा , खमौरामा कार्यरत अहेव अनिता उखेडा , जमुनाभाडीमा कार्यरत अहेब रमेश चौधरी रहेका छन् ।
यस्तै बडेहामा कार्यरत सिनियर अहेब गौरी उपाध्याय , सिनियर अनमी राधा पौडेल , बेलामा कार्यरत सिनियर अनमी माया गुरुङ , गेटामा कार्यरत सिनियर अनमी लक्ष्मी पन्त , सिनियर अहेब तरुण जोशी , गोदावरीमा कार्यरत सिनियर अनमी जानकी जोशी , गोदावरीमै कार्यरत अहेब झराना मल्ल , मालखेती अस्पतालमा कार्यरत सिनियर अनमी कविता केसी , मालाखेतीमै कार्यरत सिनियर अहेब मुकुन्द बहादुर सिंह र बेलामा कार्यरत सिनियर अहेब देवदत्त भट्ट रहेका छन् ।
उनीहरु सबैलाई नगद रु २ हजार सहित गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायत , शिक्षा शाखा प्रमुख उप सचिब बसन्त कुमार खत्री र लेखा शाखा प्रमुख रामचन्द्र जोशीले टिका लगाई सम्मान पत्रले सम्मानित गरेको गोदावरी नगरपालिका स्वास्थ्य शाखमा कार्यरत सिनियर अनमी उषा भट्टले जानकारी दिइन् ।
कोरोना महामारीका बेला बिकट ठाउँमा बसेर पनि स्थानियहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै उनीहरुले रातदिन नभनी सेवामा खटिएको सिनियर अनमी भट्टले बताइन् ।
उनीहरुले आफ्नो जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेको हुदाँ स्वास्थ्य शाखाले उच्च मूल्याङ्कन गर्दै थप प्रात्सहान स्वारुप सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख नवराज अबस्थीले बताएका छन् ।
यसले गर्दा उहाँलाई थप हौसला मिल्ने र अन्य स्वास्थ्यकर्मीहरुलाई पनि यसवाट उत्प्रेरणा जाग्ने उनले बताए ।