अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सुरु भएको आव २०७७÷०७८ को बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठि कार्यक्रम आज सम्पन्न भएको छ ।
दुई दिन सम्म संचालन भएको सो कार्यक्रममा स्वास्थ्य शाखाले गत बर्ष गरेका उपलब्धिहरुका बिषयमा छलफल गरिनुका साथै चालू आर्थिक बर्षमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने बिषयमा छलफल गरेको छ ।
जसमा स्वास्थ्य शाखाले गत बर्ष गरेका कामहरु र भावि योजनाहरु पनि सार्वजनिक गरेको छ । गत आर्थिक बर्षमा नगरपालिका भित्र रहेका वडा नम्बर १ को अत्तरिया, वडा नम्बर ६ को लालपुर र वडा नं ४को बुढितोलामा शहरी स्वास्थ्य क्लिनिकको भवन र हालखोलीमा ल्याब र बर्थिङ सेन्टर स्थापना गरेको गरिएको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी गराए ।
यस्तै चालु आर्थिक बर्षमा गोदावरी , बहेडा र गेटा स्वास्थ्य चौकीवाट सुरक्षित गर्भपतन सेवा सुरु गरिने प्रमुख अवस्थीले बताए ।
यसैगरि सबै स्वास्थ्य चौकीहरुमा अति शिघ्र कुपोषणको व्यवस्थापनका लागि ओटीसी सेन्टर सञ्चालन गर्ने , मेयर जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम र उपमेयर सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम सञ्चालन योजना रहेको उनले बताए । कार्यक्रममा सहभागीहरुले गोदावरी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पहिले भन्दा अहिले केही प्रगति भए विकट ठाउमा भने अझै थुप्रै समस्या रहेको बताएका छन् ।
कार्यक्रममा सहभागी नगरपालिका भित्रका विभिन्न स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले ग्रामीण क्षेत्रमा रहेका स्वास्थ सस्थामा अझै पनि बिरामीहरुलाइ उपचार गर्नका लागि वेड समेत अभाव रहेकाले काम गर्न समस्या भैरहेको गुनासो गरेका छन् । उनीहरुले समयमा औषधि आपुर्ति नहुदा स्वास्थ्य सस्थामा आउने बिरामीहरुलाई आफुहरुले रितो हात फर्काउनु पर्ने वा निजि क्लिनिकहरुमा पठाउनुपर्ने बाध्यता रहेको समेत बताएका छन् ।
यस्तै सबै स्वास्थ्यकर्मीहरुलाइ सवारी साधनको सुबिधा भएको बिकट ठाउँका स्थानियहरुलाई छिटो छरितो र समयमै सेवा दिन सकिने बताएका छन् । स्वास्थ्य शाखा प्रमुख नवराज अबस्थीले गोदावरी नगरपालिकालाई पुर्ण खोप सुनस्तितता पालिका घोषणा गर्न सफल भएको बताए । उनले समयमा रिपोर्टिङ् हुन नसक्नु गत बर्षको मुख्य समस्या रहेको बताए ।
आफुले गरेका काम र सेवा सुबिधका बिषयमा अभिलेखिकरण गर्न नसक्दा समस्या भैरहेको उनको भनाई छ । यस्तै उनले नगरपालिकाले स्वास्थ्य क्षेत्रका कर्मचारीहरु खटपपटन गर्दा उपयुक्त ठाउमा उयुक्त कर्मचारी पठाउनुपर्ने बताए ।
जहाँ आवश्यकता छ त्यहाको सेवा सुबिधा थप मजबुत बनाउनका लागि एउटा योग्य र काम गर्न सक्ने जनशक्ति पठाउदा त्यहाँका जनताहरुले राम्रो सेवा सुबिधा पाउछन र स्वास्थ्यमा राम्रो प्रगति पनि हुन्छ उनले भने ।
उनले सधै सबै ठाउँका समस्याहरु आफुहरुलाई जानकारी नहुने हुदाँ गत बर्षमा भएका कमीकमजोरीहरुलाई सुधार गर्दै आगामी बर्षहरुमा सबै स्वास्थ्यकर्मीबिच हातेमालो गरेर अघि बढ्ने बताएका छन् ।
कार्यक्रममा आफ्नो जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्दै रातदिन नभनी नगरबासीको सेवाका खटिएका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । नगरभित्रका बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत १५ जना स्वास्थ्यकर्मीहरुलाई नगद २ हजार सहित सम्मान पत्रवाट सम्मानित गरिएको गोदावरी नगरपालिका स्वास्थ्य शाखमा कार्यरत सिनियर अनमी उषा भट्टले जानकारी दिइन् ।
गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतको सभापतित्वमा भएको समापन कार्यक्रममा , वडा नं १२ का वडा अध्यक्ष भिम बहादुर खड्का , वडा नं ९ का अध्यक्ष लहानु चौधरी , वडा सदस्य , नगरपालिकाका कर्मचारी र बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।