अत्तरिया - सुदूरपश्चिम प्रदेशको राजधानी एबम् प्रदेशको मुख्य प्रवेशद्धारका रुपमा रहेको अत्तरियामा सार्वजनिक शौचालयको अभाव भएको छ ।
दैनिक हजारौ मानिसहरु ओहोर दोहोर गर्ने अत्तरियाको मुख्य बजारमा सार्वजनिक शौचालय नहुदाँ सर्वसाधारणलाई समस्या हुन थालेको छ । अत्तरिया चोक नजिकै रहेको पुरानो एउटा सार्वजनिक शौचालन अहिले बन्द हुदाँ सर्वसाधारण यात्रुहरुलाई समस्या हुन थालेको हो ।
भएको शौचालय बन्द र नयाँ शौचालय बनाउन तर्फ सम्बन्धित निकायको ध्यान नजादाँ अत्तरिया बजार भएर आवतजावत गर्ने सर्वसाधारण नागरिकहरुले शौच गर्नका लागि समस्या भएको गुनासो गरेका छन् ।
अत्तरिया बजारमा भेटिनुभएका डोटी घर भएका मनोेज बिष्टले यति ठूलो बजारमा सार्वजनिक शौचालय नहुदाँ शौच गर्नका लागि होटलमा जानु परेको बताए । उनले आफु काम बिषेशले नेपालगञ्ज जाने क्रममा शौचालय जान अत्तरियामा बसवाट उत्रिएपछि एताउता हेर्दा कहि कतै शौचालन नदेखेपछि शौच गर्नका लागि केही खाने बहानामा नजिकैको होटमा पस्नुपरेको गुनासो गरे ।
अत्तरिया त हाम्रो प्रदेशको राजधानी भन्थे तर राजधानीको अबस्था यस्तो छ उनले भने बसपार्कमा एउटा शौचालय छ भन्ने सुने तर सिधै बजारमा आए यहाँ एउटा निकै कुरुप रहेको शौचालन त देखे त्यो पनि बन्द रहेको थियो ।
धेरै यात्रुहरु अत्तरिया बजारमा पुगेपछि शौच गर्नका लागि भनेर सार्वजनिक शौचालयहरु खोज्दै आफ्नो पसलमा आएर सोध्ने गरेको अत्तरिया चोक नजिकै रहेको पान पसलका संचालन मात्रिका खतिवडाले बताए ।
यात्रुहरु सुरुमा पहाड रोडमा रहेको पुरानो शौचालयमा पुग्ने गरेको र बन्द रहेको पाइएपछि यता अरु ठाउँ कता शौचालय होलान भनेर सोध्न आफु काहाँ पुग्ने गरेको उनले बताए । यो पनि अत्तरियाका लागि लाजमर्दो कुरा छ , प्रदेशको मुख्य केन्द्र भएकाले पनि धेरै ठाउँका मानिसहरु यहाँ पुग्छन र सार्वजनिक शौचालन कता छन् भनेर सोध्छन उनले भने कतिलाई बसपार्कमा छ भन्छु कतिलाई यही नजिकैको होटल देखाउछु ।
उनले यसका लागि अत्तरियामा सार्वजनिक शौचालयको एकदमै आवश्यकता रहेको बताए । स्थानिय तहका जनप्रतिनिधिहरुले यस बिषयमा सोच्नुपर्ने खतिवडाको भनाई रहेको छ । उता गोदावरी नगरपालिकाले बजार क्षेत्रमा केही सार्वजनक शौचालयहरु ब्नाउने भन्ने योजना भएको बताएको छ ।
गोदावरी नगरपालिकाका प्रबक्ता शर्मानन्द भट्टले सर्वसाधारण यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै पूर्व रोडमा ट्राफिक प्रहरी कार्यालय अगाडी रहेको शौचालयलाई नगरपालिकाले कर्मचारी राखेर संचालनमा ल्याएको बताए ।
उनले अत्तरिया चोक नजिकै पहाड रोडमा रहेको पुरानो शौचालयको अबस्था जिर्ण भैसकेको त्यसलाई भत्काएर नयाँ ठाउँमा अर्को शौचालय बनाउने बिषयमा छलफल भएको बताएका छन् । अहिले अत्तरिया बजारमा एउटा र बसपार्कमा २ वटा सार्वजनिक शौचालय रहेका छन् ।