अत्तरिया - सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पुर्वाधार विकास राज्य मन्त्री चुनकुमारी चौधरीले आफू जनताको सेवक रहेको बताएकी छन् ।
कैलालीको गोदावरी नगरपालिका वडा नं २ मा रहेको गौरीशंकर टोल सुधार संस्थाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले आफु कुनै स्वार्थपूर्तीका लागिका लागि नभई आफ्नो जिवन कालमा यस क्षेत्रका जनताको सेवा गर्छु भनेर राजनितिमा आएको बताइन् ।
उनले यस अघि आफु एक पाटीको प्रतिनिधि भएपनि अहिले भने सम्पूर्ण सुदूरपश्चिमबासीको जनप्रतिनिधि भएकाले यस प्रदेशको समग्र विकासका लागि आफुले बिषेश पहल गर्ने बताएकी छन् ।
उनले आफु मन्त्री भएपनि यस स्थान सम्म पुञ्याउन साथ सहयोग गर्ने महिला दिदिबहिनी दाजुभाईहरुको लागि आफ्नो कार्यकालमा केही न केही अनुभूति हुने खालको विकास छाप छोडेर जाने प्रतिबद्धता समेत जनाइन् ।
उनले गौरीशंकर टोल सुधार समितिका युवाहरुले आफ्नै लगानी र जनश्रमदानमा बनाइएको मन्दिर तथा चौतारी देख्दा निकै खुसी लागेकाले अबका दिनमा आफुले ब्यक्तिगत र मन्त्रालयको तर्फवाट गर्न सकिने सहयोग जुनसुकै बेलापनि गर्न तयार रहेको उद्धघोष गरिन् ।
"वडा नं २ गोदावरी नगरपालिकाका मेयर साबको वडा हो यसमा धेरै विकास भएको हुनुपर्ने हो तर म यस प्रदेशको मन्त्रीको मेरालाई कुनै वडा , नगर , गाँउ टोल फरक छैन , मैले यसै नगरपालिकाको प्रत्येक वडामा ५÷६ वटा योजनाहरु हालेको छु" उनले भनिन् - "तर यस टोलमा कुनै योजना पर्न सकेन छुटेको होला तर अब भने यस टोल र यहाँका महिलादिदिबाहिनी , आमा समूहका लागि मैले केही न केही योजना हाल्ने छु ।"
उनले आफु संघर्ष गदै यहाँ सम्म पुगेकाले बिषेश गरी महिलादिदिबहिनीहरुका दुख कष्टहरु नजिकवाट देखेकाले आगामी बजेटमा शहरी क्षेत्रका भन्दा पनि ग्रामिण क्षेत्रका महिला दिदि बहिनीहरुका लागि उदमशिलताका योजनाहरु छुट्याउने बताइन् । स्वागत कार्यक्रमको अवसर पारेर टोल सुधार संस्थाले राज्यमन्त्री समक्ष टोलको विकासका लागि बिभिन्न मागहरु समेटेर तयार पारेको ज्ञापन पत्र राज्यमन्त्री चौधरीलाई बुझाएका छन् ।
संस्थाका अध्यक्ष पदम राज ओझाले ज्ञापन पत्र बुझाउँदै मन्दिर क्षेत्रमा सार्वजनिक हल, विवाह मण्डप र ट्वाईलेट भवन निर्माणका लागि माग गरेका थिए ।
ज्ञापन पत्र ग्रहण गर्दै राज्यमन्त्री चौधरीले आफुले सक्ने सबै कामहरु गर्ने प्रतिबद्धता जनाइन् । संस्थाका अध्यक्ष ओझाको सभापतित्वमा आयोजित कार्यक्रममा राज्यमन्त्री चौधरी प्रमुख अतिथी रहेकी थिइन् भने गोदावरी २ का वडा अध्यक्ष कृष्णराज जोशी बिशिष्ट अतिथी रहेका थिए ।
यस्तै कार्यक्रममा वडा नं २ का वडा सदस्य कमल कडायत , समाजसेवी विश्वनाथ ओझा , अत्तरियामा रहेका महिला तथा बालबालिका सेभ हाउसकी उपाध्यक्ष सकुन्तला सोव , गोदावरी पत्रकार मञ्चका पदाधिकारी लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो ।
साथै सो कार्यक्रममा वडा नं २ मा रहेको हरियाली चेतनशिल महिला समुहकी अध्यक्ष शोभा बोगटी लगाएतका स्थानिय महिला दिदिबहिनीहरुले राज्यमन्त्री चौधरीलाई फुलमाला लगाएर भब्य स्वागत गरेका थिए ।