अत्तरिया - सुदूरपश्चिम प्रदेशको एक मात्र फरक क्षमता भएका बालबालिकाहरु आवासीय रुपमा अध्ययनरत सुप समावेशी आधारभूत बिधालयलाई नमुना बिधालयका रुपमा स्थापित गर्न मास्टर प्लान बनाउन जरुरी रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
कैलालीको गोदावरी नगरपालिका वडा नं २ मा रहेको सो बिधालयको सर्वाङिण बिकासका लागि सरोकारवालाहरुसंग गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
प्रदेशको राजधानीमै रहेको आवासीय बिधालयलाई देशकै पहिलो नमुना बिधालय बनाउन दिर्घकालिन योजना सहित अगाडी बढ्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डम्बर बहादुर पालले सो बिधालयको भविष्य उज्वल रहेको बताए । 'यो बिधालय एकदमै उचित स्थानमा छ अब यसको दिर्घकालिन योजनालाई सोच्नुपर्छ' उनले भने - 'तर दिर्घकालिन योजना सोच्दा सोच्दै अहिलेको दुई चार बर्ष कसरी पार गर्ने त्यस बिषयमा बिषय स्थानिय सरकारको महत्वपूर्ण साथ चाहिन्छ ।'
उनले शारिरिक रुपमा अपाङ्गता भएका तर बौद्धिक क्षमता भएकाहरुका लागि सुदूरपश्चिम विश्वबिधालयले अहिले छुट्टै स्पेशन निड एजसकेसन पनि राखेकाले फरक क्षमता भएका बिधार्थीहरुलाई धेरै सहज हुने बताए ।
उनले दुर्गालक्ष्मी क्याम्पस सु प विश्वबिधालय अन्र्तगत रहेकाले आफुले शिक्षा क्षेत्रवाट गर्नुपर्ने जुनसुकै सहयोग गर्न पनि तयार रहेको बताए । यस्तै कार्यक्रममा बोल्दै अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले बिधालय स्थापना गर्दाका दिन र अहिलेका दिनमा आकाश पतालको फरक रहेको बताए ।
उनले हिजोका दिनहरुमा भन्दा अहिले विधालयले धेरै फड्को मारेकोमा खुसी ब्यक्त गरे । अझै यसलाई कसरी नमुना बिधालयका रुपमा अगाडी बढाउन सकिन्छ भन्ने बिषयमा आफूहरुको पूर्ण साथ समर्थन रहेकाले यस तर्फ बिधालय ब्यबस्थापन समितीको टिम अझै बढी सक्रिय भएर लाग्नुपर्ने धारणा राखे ।
कार्यक्रममा सहाभागी सप्रोस नेपालका कैलाली जिल्ला संयोजक चन्द्र बहादुर सिंहले आफूहरुले बिधालय परिसरमा करेसाबारी बनाएर आवाशिय रुपमा अध्ययनरत बिधार्थीहरुलाई स्वाच्छ र तजा तरकारी खुवाउने प्रयासमा रहेको बताए ।
उनले बिधालयमा आफ्नो तर्फवाट स्वच्छ खानेपानी र दिवा खाजाको ब्यवस्थापनमा पनि आफुहरुले सक्ने जति सहयोग गर्ने प्रतिबता जनाएका छन् । कार्यक्रममा बोल्दै राष्ट्रिय अपांग महासघ सुदुरपश्चिमका अध्यक्षले बिधालयमा पूर्वाधार निर्माणका काम लगभग पुरा भएको र अब विधार्थीहरुलाई दिने शिक्षालाई गुणस्तरिय बनाउन तर्फ जोड दिनुपर्ने बताए ।
'लगभग बिधालयलाई आवश्यक पर्ने पूर्वाधारण बनेका छन् , अब यहाँ पढ्न आउने बिधार्थीहरुलाई कसरी गुणस्तरिय शिक्षा प्रदान गर्न सकिन्छ यस तर्फ जानुपर्छ उनले भने यस तर्फ प्रदेश र स्थानीय सरकारले बिधालयमा शिक्षक उपलब्ध गराइदिनुपञ्र्यो । शिक्षकहरु उपलब्ध भएपछि धेरै सहज हुनेछ ।'
कार्यक्रममा सहभागी स्वास्थ्य विभागका पूर्व महानिर्देशक डा लक्ष्मी राज पाठकले कुनै पनि क्षेत्र वा संघसंस्था स्तरोउन्नती र विकासका लागि समय समयमा बिभिन्न खाले छलफल हुने तर त्यो छलफलमा उठेका कुरा र सुझावहरु कार्यनव्यन नहुने भन्दै दुख ब्यक्त गरे । उनले यसरी धेरै ब्यक्तिहरुलाई एक ठाउँमा गरिने अन्तकृयावाट आएका सुझावहरु कार्यक्रममा मात्रै सिमित नराखेर दिगो विकास सहित अगाडी बढ्नुपर्ने बताए ।
उनले बिधालयका मुख्य आवश्यकता के हुन् त के के भए बिधालयलाई दिगो रुपमा खगाडी बढाउन सकिन्छ यस बिषयमा बिधालय ब्यबस्थापन समितिका पदाधिकारीहरु मिलेर आफै आफ्ना समस्याहरु संम्बन्धित निकाय स्थानिय , प्रदेश र संघ सरकारमा राख्न सकिन्छ , त्यो अझ बढी प्रभावकारी हुन्छ जस्तो लाग्छ मलाई उनले भने ।
परिणामम मुखि बैठक नभए सम्म कुनै पनि ब्यक्ति , समाज र देशको विकास नहुने बताउदै उनले परिणाम देखिने गरि गरिएको कामले सार्तकता पाउने बताएका हुन् । कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतले आफुहरु नजिकको सरकारले भएकाले सु.प समावेशी बिधालयका हरेक दुख सुख संगसंगै हातेमालो गरेर अगाडी बढिरहेको बताइन् ।
उनले बिधालयको स्तरोउन्नतीका लागि आफुहरुको निरन्तर साथ , सहयोग रहेकोले अब यस बिधालयलाई देशकै नमुना बिधालय बनाउन प्रदेश सरकारको महत्त्वपूर्ण साथ र सहयोगको खाचो रहेको बताइन् ।
यसका लागि महत्वपूर्ण पाटो भनेको बजेटको हो हामीसंग धेरै बजेट हुदैन धेरैमा लगानी गर्नुपर्ने हुन्छ उनले भनिन् त्यसैले अब प्रदेश सरकार त्यसमा पनि सामाजिक विकास मन्त्रालयको महत्वपूर्ण साथ सहयोग भए बिधालयलाई कुनै समस्या हुदैन ।
कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदले आफूले यस बिधालयको नाम सुनेको तर पहिलो पटक प्रत्यक्ष रुपमा बिधालयमा पाइला टेक्न पाउँदा निकै खुसी लागेको बताइन् ।
उनले बिधालयमा पाइला टेक्दै गर्दा र स साना बालबालिकाहरुका पिडालाई देखेर आफु भावुक भएको बताए । उनले यस तर्फ राज्यको आखा गएको बताइन् । यो राज्यको दायित्व पनि हो यस तर्फ हामी आखाँ गएको छ उनले भनिन् म सरकारमा रहेपनि नरहे यस बिधालय र यहाँ स साना बालबालिकाहरुको लागि सधैव मेरो साथ र समर्थन रहने छ ।
उनले फरक क्षमता भएका ब्यक्तिहरुलाई अबसरको खाचो हुने भएकाले उनीहलाई हरेक ठाउँमा अबसर दिनुपर्ने बताइन् । समाजका अगुवाहरुले फरक क्षमता भएकाहरु हौसला बढाउनुपर्ने उनको भनाई छ । सबैले आ आफ्ना धारणा राखिसेके पश्चात अन्तमा कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिमका सामाजिक बिकास मन्त्री लालबहादुर खड्काले आफ्ना भनाईहरु राख्नु भएको थियो ।
उहाले सबैको साथ , सहयोग र समन्वयमा हरेक संघसंस्थाहरु अगाढी बढ्ने हुदाँ यस बिधालयको समन्वय देखेर आफुलाई खुसी लागेको बताए ।
उनले आफुले पनि धेरै सामाजिक सघसस्थाहरुमा बसेर काम गरेको अनुभव सुनाउदै कुनै पनि संघसंस्थाहरु च्लाउन गाह्रो हुने भएपनि यस बिधालयको ब्यबस्थापकिय पाटो र समन्वयत्मक भूमिका देखेर बिधालयको भबिष्य उज्जबल रहेको बताए ।
उनले फरक क्षमता भएका बालबालिकाहरुको संरक्षण , सम्बद्धन गर्नु राज्यो दायित्व भित्र पर्ने भएकाले एउटा निजि क्षेत्रवाट र बिभिन्न सहयोगीहरुको हातले अगाडी बढिरहेको सुप समाबेशी बिधालयलाई आफुले र आफ्नो मन्त्रालयले सक्दो सहयोग गर्ने बताए ।
उनले अहिले प्रदेश सरकारले स्वास्थलाई पहिलो प्रथमिकता दिएको काम गरिरहेकाले यस तर्फ सबै प्रदेशबासीको साथ र सहयोगको खाचो रहेको बताए । कोरोनाको तेस्रो लहरवाट बालबालिका बढी जोखिममा रहेको अध्ययनले देखाएकाले बिधालयमा रहेको स साना बालबालिकाहरुलाइ सबैभन्दा सुरक्षित राख्न उनले बिधालय परिवारलाई आग्रह गरे ।
सबैको सकारात्म साथ र सहयोगले गर्दा बिधालय आजका दिनमा यहाँ सम्म पुग्न सफल भएको बिधालयका संस्थापक मान बहादुर साउँदले बताए । बिधालयलाई अगाडी बढाउन महत्वपूर्ण साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिदै सबैका सुझाव सल्लाहा अनुसार नै आफूहरु अगाडी बढ्ने उनको भनाई छ ।
सो बिधालयमा अहिले सुदूरश्चिमका ९ जिल्ला सहित जुम्ला र मुगु गरी ११ जिल्लाका ६० जना फरक क्षमता भएका बालबालिकाहरु आवासिय रुपमा अध्यनरत रहेका छन् ।
बिद्यालय व्यवस्थापन समितीका सदस्य तथा वडा नम्बर २ का वडाध्यक्ष कृष्णराज जोशीको सभापतित्वमा भएको अन्तरक्रिया कार्यक्रममा विधालयलाई स्थापनाकालदेखी सहयोग गर्दै आएका सहयोगीहरुलाई सम्मान पत्र सहित सम्मानित गरिएको थियो भने परीक्षामा राम्रो अंकका साथ प्रथम स्थान हासिल गर्ने बिधार्थीहरुलाई पुरस्कार वितरण गरिएको थिए ।
डबल साउँदको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन संस्थापक मान बहादुर साउँदले गरेका थिए ।