अत्तरिया - कैलालीको अत्तरियामा रहेको सामाजिक संस्था थ्रीडिभिएल क्रियसन (3DVL Creation) ले 'आपातकालीन मेरो हजार अभियानको' खर्च विवरण सार्बजनिक गरेको छ । क्रियसनले आज सहयोगी दाता लगाएत सम्बन्धित सबैको जानकारीका लागि पत्रकार सम्मेलनको आयोजना गर्दै 'आपातकालीन मेरो हजार अभियानमा' उठेको रकम र त्यसवाट भएको खर्चको विवरण सार्वजनिक गरेको हो ।
२०७८ साल बैसाख ३० देखि सुरु भएको उक्त अभियानमा हाल सम्म २ लाख ९७ हजार ८ सय रकम संकलन भएको थ्रीडिभिएल क्रियसनका अध्यक्ष एबम् युवा समाजसेवी दिपक ओझाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
सुरुवाती चरणमा ५ जना बाट सुरु भएको सोे अभियान अहिले सम्म १२५ जना बिभिन्न सहयोगीदाताहरुले सहयोग गरेका छन् । संकलन भएको २ लाख ९७ हजार ८ सय रकम मध्ये २ लाख ४५ हजार २ सय २० रुपैया खर्च भएको अध्यक्ष ओझाले बताए । यसमा बाकिँ रहेको ५२ हजार ५ सय ८० आपातकालीन कोषमा नै रहेको उनले बताए ।
उक्त अभियान अन्र्तगत राहत वितरणमा १ लाख ४९ हजार ५२० रुपैया , स्वास्थ्य सामाग्रीहरू वितरणमा १० हजार ५ सय १० रुपैया , पौष्टिक आहार वितरणमा ४५ हजार ६८० रुपैया , पीडितहरुलाई आर्थिक सहयोग विरतणमा २७ हजार ५ सय रुपैया , मसलन्द खर्चमा ८ हजार रुपैया र उक्त सहयोग वितरणका क्रममा ४ हजार रुपैया यातायत खर्च भएको संस्थाका कोषाध्यक्ष क्षितिज साउँदले जानकारी दिए ।
सो अभियान अन्र्ततग कोरोना महामारीले गर्दा सबै क्षेत्र ठप्प रहेको बेला सो संस्थाले राहत बितरण देखी कोरोनाका बिरामीहरुलाई अस्पतालमै पुगेर पौष्टिक आहारको ब्यबस्था गरेको थियो । उठेको पैसाको सही तरिकाले सम्बन्धित ब्यक्तिले पाउन भन्दै कोरोना महामारीका बेला आफ्नो जिउज्यानको प्रवाह नगरि थ्रीडिभिएल क्रियसनका पदाधिकारीहरु खटिएका थिए ।
कोरोना महामारीका कारण बन्दाबन्दीले गर्दा गरीब तथा दिनभरि काम गरेर खाने जनताको घरमा आगो नबल्न थाले पछि उक्त अभियानको सुरुवात गरिएको अध्यक्ष ओझाले पत्रकार सम्मेलनमा बताए । सो संस्थाले कोरोनाको समयमा यस अभियानबाट करिब १ हजार भन्दा बढी गरिब र पिडित परिवारलाई राहत वितण गरिसकेको छ ।
कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार समितिका संयोजक डा लक्ष्मीराज पाठकले यो अभियानले गर्दा आफूलाई मात्र नभएर यस क्षेत्रका अन्य युवाहरुलाई पनि समाजमा केही गर्नुपर्छ भन्ने जोश जागर पलाएको बताए । उनले कोरोनाको तेस्रो लहर (नयाँ भेरियन्ट) पनि नआउन दिन विभिन्न स्वास्थ्य सामग्रीहरू वितरण गर्नुपर्ने र जनचेतना पनि विभिन्न माध्यम बाट फैलाउने पर्ने बताए ।
संस्थाका सल्लाहकार तपराज ओझाले कोरोना महामारीका बेला मात्रै नभएर देशमा आउने हरेक आपत विपतमा पनि यस्तै खाले उदारणिय काम गर्न सुझाव दिए । उनले गाउँ घर समाज परिवर्तन गर्न र समाजमा केही फरक तबरले प्रस्तुत हुन यस्ता युवाहरुको खाचो रहेकोे बताए । कोरोना समयमा आफ्नै जिवनलाई जोखीममा राखेर पनि सहयोग गरेकोमा उनले संस्थाको प्रशंसा गरे ।
अध्यक्ष ओझाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अथितिमा संस्थाका सल्लाहकार संयोजक डा. लक्ष्मीराज पाठक रहेका थिए भने विशिष्ट अथिति दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डम्मर पाल रहेका थिए ।
अथितीमा संस्थाका सल्लाहकार सदस्य तपराज ओझा रहेका थिए । यस्तै सो कार्यक्रममा अत्तरिया क्षेत्रका विभिन्न मिडियाका कार्यरत पत्रकारहरु र संस्थाका सदस्यहरुको सहागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव युवा समाजसेवी लोकराज ओझा एल आरले गरेका थिए ।