अत्तरिया - कैलालीको अत्तरियावाटै मुद्धा चलाउन सुरु गरिएको छ । प्रहरी नायब उपरीक्षक डिएसपी प्रेम बहादुर शाहीको कमाण्ड रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले अत्तरियावाटै मुद्धा चलाउन सुरु गरेको हो ।
नयाँ आर्थिक बर्ष २०७८÷०७९ को पहिलो दिन साउन १ गतेदेखी अत्तरियावाटै मुद्धा चलाउन सुरु गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिए ।
गोदावरी नगरपालिकालाई सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएपछि यहाँको सुरक्षा ब्यबस्था चुस्त दुरुस्त राख्न पिडितहरुलाई छिटो छरितो न्याय दिनका लागि अत्तरियवाट नै मुद्धा चालउन सुरु गरिएको उनले बताए ।
मुद्धा चल्न सुरु भएको ६ दिनको अबधिमा ४ वटा मुद्धा दर्ता भएका छन् । मुद्धा चलाउन अनुमती पाएको साउन १ गते देखी ६ गते सम्ममा ४ वटा मुद्धा दर्ता भएर अनुसान्धान भैरहेको डिएसपी शाहीले बताए ।
४ वटा मुद्धामा २ सार्वजनिक र २ लागूऔषध सम्बन्धि रहेको उनले बताए । मुद्धा चल्न थालेपछि यसका लागि आवश्यक जनशक्ति र सवारीसाधन पनि थप गरिएको उनले बताए ।
अहिले मुद्धाको अनुसन्धानका लागि छुट्टै जनशक्ति आएको र नयाँ थप जनशक्ति पनि आइरहेको छन् । यसैगरि यस अघि ईप्रका मालाखेतीसंग एउटा मात्रै गाडी रहेको अहिले एउटा गाडी थप गरिएको छ । यसैगरि थुनुवाहरु राख्नका लागि महिलाहरुको लागि छुट्टै थुनुवा कक्षा बनाइएको छ ।
यस अघि ईलाका प्रहरी कार्यालय मालाखेतीको कमाण्ड प्रहरी निरिक्षकले समाल्दै आएपनि विगत २ बर्षदेखी प्रहरी नायब उपरीक्षक डिएसपीले समालिरहेका छन् ।
प्रदेशको राजधानी तोकिएपछि अपराधिक कृयकलापहरु बढ्न सक्ने भन्दै अत्तरियाबासीहरुले ईप्रका मालाखेतीमा डिएसपीको दरबन्दीमा यतैवाट मुद्धा चलाउन माग गर्दै आएका थिए ।
अन्तत अत्तरियावाटै मुद्धा चल्ने थालेपछि बिभिन्न घटनामा पिडितहरुले जिल्ला धाइरहनुपर्ने बाध्याताको अन्त्य भएको भन्दै खुसी ब्यक्त गरेका छन् ।