अत्तरिया - नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ (नेल्टा) ले आफ्ना मागहरु राख्दै सुदूपश्चिम प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ सुदुरपश्चिम प्रदेश अध्यक्ष लालबहादुर बोहराको नेतृत्वमा नेल्टाका केन्द्रिय सदस्य शंकर खड्का , प्रदेश सचिब हेमन्त जोशी (बाजे) , कैलाली जिल्ला अध्यक्ष हंश बुढा लगाएत गएको पुश स्वास्थ्य सेवा प्राबिधिकहरुको टोलीले सुदूपश्चिमको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय , भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय र प्रदेश लोकसेवा आयोगको कार्यालयमा पुगेर आईतबार ज्ञापन पत्र बुझाएको हो ।
स्थानिय तह र प्रदेशमा नेपाल कृषि तथा पशु सेवा तर्फको रिक्त दरबन्दीको माग आकृति फारम भरी प्रदेश सरकार मार्फत स्थायी पदपुर्ती गरी नेपाली पशु पालक कृषकहरुलाई सेवा प्रवाह गर्ने वातावरण निर्माण गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ सुदुरपश्चिम प्रदेश अध्यक्ष लालबहादुर बोहराले जानकारी दिए ।
नेल्टाको देशब्यापी अभियान अन्र्तगत प्रदेश तथा स्थानिय तहको रिक्त दरबन्दीको लागि चाडो भन्दा चाडो लोक सेवा बिज्ञापन गर्न माग गर्दै सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाइएको उनले बताए ।
नेपाल कृषि प्रधान देश रहेको करिव ६५ प्रतिशत जनताहरु कृषि पेशामा आश्रित रहेको व्यहोरा सर्व विदितै छ र कृषि पेशाको रुपमा एउटा अभिन्न अङ्गको रुपमा रहेको पशुपालन व्यवसायमा संलग्न अधिकास कृषकहरुको बसोबसा स्थल दुर्गम एव् ग्रामिण क्षेत्रमा नै हो मुलुक संघियतामा शासन प्रणाली अबmम्बन गरिसके पछि तीन तहको सरकार निर्माण भै स्थायी सरकारको रुपमा रहेको निजामति सेवामा रहेका निजामति कर्मचारीहरुलाई पनि समायोजना गरिएको थियो ।
यसरी कर्मचारी समायोजन हुदा अधिकासं कर्मचारीहरुको रोजाई प्रदेश र स्थानिय तह रहन गयो जसका कारण स्थानीय तह र प्रदेशका कृषि तथा पशु सेवाका दरबन्दीहरु रिक्त रहेको सर्व बिदितै छ ।
मुलुकको कुल राष्ट्रिय उत्पादनमा करिव २६ प्रतिशत योगदान गर्ने नेपालको कृषि क्षेत्रमा संघिय ,प्रदेश र स्थनिय तहसरकारको बजेट बिनियोजन प्राथमितामा पर्न नसकेको अवस्था एका तिर बिधमान छ भने अर्काे तर्फ प्रदेश र स्थानिय तहमा कृषि तथा पशु सेवा तर्फका स्वीकृत अधिकास दरबन्दीहरु रिक्त हुनु प्राविधिक जनशक्ति हरुको अभावमा विनियोजित बजेट समेत आधा भन्दा कम मात्र काई हुन सकेको अबस्था छ भने अर्काे तर्फ दुरदराजमा रहेका नेपाली पशु पालक कृषकहरुले समयमै प्राबिधिक सेवा प्रप्त गर्न नसकेको अबस्था छ ।
तसर्थ स्थानिय तह र प्रदेशमा रिक्त रहेका नेपाल कृषि तथा पशु सेवा तर्फको रिक्त दरबन्दीको माग आकृति फारम भरी प्रदेश सरकार मार्फत स्थायी पदपुर्ती गरी नेपाली पशु पालक कृषकहरुलाई सेवा प्रवाह गर्ने वातावरण निर्माण गर्न जोडदार माग गर्दछौ प्रदेश अध्यक्ष बोहराद्धारा हस्ताक्षित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
उक्त ज्ञापन पत्र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका मुख्य सचिब मधु सुदन बुर्लाकोटी , कृषिमन्त्री बिनिता चौधरी र प्रदेश लोकसेवा आयोगका अध्यक्ष यज्ञराज बोहारालाई हस्तान्तरण गरिएको हो ।
ज्ञापन पत्र बुझ्दै सम्बन्धित मन्त्रालयका मन्त्री तथा मुख्य सचिबहरुले कर्मचारी पदपुर्तीको कुरा अहिलेको प्रमुख आवश्यकता भएकाले यो आफ्नो पहिलो दायित्व भएकाले आफ्नो तर्फवाट सक्दो पहल गर्ने बताएका छन् । ज्ञापन पत्र हस्तान्त्रणका क्रममा नेल्टाका केन्द्र , प्रदेश र जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।