अत्तरिया - आन्तरिक तथा बाह्य पर्यटकहरुको पहिलो रोजाई बन्न सफल कैलालीको गोदावरीमा रहेको पुरानो काठेपुल दिनप्रतिदिन जिर्ण बन्दै गएको छ । देशकै एक धार्मीक तथा पर्यटकिय स्थलका रुपमा रहेको गोदावरी क्षेत्रमा जाने जुनसुकै पर्यटकहरुको मुख्य आकर्षणका रुपमा रहेको उक्त पुलको उचित संरक्षण र सम्बद्र्धन हुन नसक्दा दिनप्रतिदिन जिर्ण बन्दै गएको हो ।
पछिल्लो समय पुल जिर्ण भएर हिडडुल गर्नै नसक्ने अवस्थामा पुगेको छ । सुदुरपश्चिम प्रदेशका तराईका दुई जिल्ला र पहाडी सात जिल्ला संग जोड्ने गोदावरीको पुरानो पुलबाट गोदावरी क्षेत्रको सम्पुर्ण दृस्य अवलोकन गर्न सकिने भएकाले प्रर्यटकको मुख्य आकर्षणका रुपमा रहेको छ । झण्डै ४० बर्ष पहिले माथि फलाम र तल काठै काठले निमार्ण गरिएको उक्त पुलमा सवारी साधन चलाउन नसक्ने अवस्था भएको भन्दै सो पुलको बिकल्पमा नयाँ पुल निर्माण गरिएको भएपनि अहिले पनि गोदावरी क्षेत्रमा जाने अधिकान्स प्रर्यटकहरु पुरानै पुलमा घुम्न जाने गरेका छन ।
आईतवार दिउँसो गोदावरी घुम्न पुगेका सन्दिप थापा पुलबाट सम्पुर्ण गोदावरी क्षेत्रको दृस्य देखिने भएकाले पुलमा फोटो खिच्नका लागि आएको बताए । ‘पुलमा फोटो र सेल्फि खिच्दा आकर्षक आउने र सम्पुृर्ण गोदावरी क्षेत्रको अवलोकन गर्न सकिन्छ ।’ थापाले भने – ‘अहिले पुलमा आजत जावत गर्न निकै जोखिम छ , पुलका काठ कुहिएका रहेछन फलाम पनि खिया लागेको छ ।’ उनले सरकारले यो पुल पर्यटकको मुख्य आकर्षणको केन्द भएकाले मानिस हिडडुल गर्न सक्ने गरि मर्मत गर्न आवश्यक रहेको बताए ।
भारतको पलियादेखी गोदावरी क्षेत्रमा घुम्न आएका पर्यटक दिपक मिश्रले पुलबाट गोदावरी क्षेत्र निकै सुन्दर देखिने बताए । उनले पुल पनि मर्मत र रंगरोपन गरि आकर्षण बनाउन सके गोदावरीको सुन्दरता अझै बढ्ने बताए । ‘पुलबाट गोदावरी क्षेत्रको फोटो पनि राम्रो आउने रहेछ , सम्पुर्ण गोदावरी क्षेत्र पनि देखिने रहेछ । तर पुलमा आउन भने निकै जोखिम छ । यसलाई नेपाल सरकारले राम्रो बनाउनु पर्छ ।’ – मिश्रले भने ।
पुलकै छेउमा होटल सञ्चालन गरिरहेकी स्थानिय भुवनेश्वरी पाण्डेले पुरानो पुलमा बिदाको दिनमा सय भन्दा बढिको हाराहारीमा आन्तरिक तथा बाह्य प्रर्यटकहरु आउने गरेको बताईन् । गोदावरी क्षेत्रमा घुम्न आउने प्रर्यटक मध्ये अधिकाशं सबैभन्दा पहिले पुलमा जाने गर्दछन । ‘पुलमा घुम्न आउने प्रर्यटकले गर्दा होटल चलेको छ । पुलमा सामान्य दिनमा ३०/४० पर्यटक आउने गर्छन, बिदाको र चाडपर्वका बेला भने २ / ३ सय जना भन्दा बढी पुलमा घुम्न आउने गरेका छन ।’ पाण्डेले भनिन –‘तर पछिल्लो समय पुल जिर्ण हुँदा पर्यटन पुलमा आउन डराउने गरेका छन ।’ उनले पुलमा आउने पर्यटकको आकर्षणलाई ध्यानमा राखि मानिसहरु हिडडुल गर्न सक्ने गरि मर्मत गर्न आवश्यक रहेको बताईन । पाण्डेले पुलमा लगाईएको रंग पुरै निस्किएर खिया लागेकाले पुलमा रगंरोपन गरि आकर्षक बनाउन सकिने बताईन । उनले पुलको मर्मत र रंगरोपनका लागि वडा कार्यालय नगरपालीका संग पटक पटक आग्रह गरेको भए पनि कसैले सुनुवाई नगरेको बताईन् ।
गोदावरी नगरपालीका वडा नम्बर ४ का वडा अध्यक्ष प्रेम बहादुर भण्डारी स्थानियले पुल मर्मत र रंगरोपनका लागि वडा कार्यालमा निवेदन दिएको भएपनि पुल सडक बिभाग अन्तरगत पर्ने भएकाले वडा बाट त्यसका लागि आफुले पहल गर्ने बताए । ‘गोदावरीको पुरानो पुल पर्यटकको मुख्य आकर्षण क्षेत्र भएकोले यसलाई गोदावरीको पर्यटकिय पुलका रुपमा विकास गर्न सकिन्छ ।’ वडा अध्यक्ष भण्डारीले भने – ‘यसका लागि गोदावरी नगरपालिकाले गोदावरी एकिकृत विकासका लागि बजेट छुट्याएकाले , त्यस मार्फत नै यसको मर्मत सम्भार र रगं रोदनको काम अगाडी बढाउन मिल्ने छ ।’
विस २०२७ सालमा स्थापना भएको कैलालीको गोदावरी नगरपालिका ४ मा रहेको पुल नयाँ पुल बन्नु भन्दा अगाडी तराईका जिल्लालाई सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लालाई जोड्ने मुख्य पुलका रुपमा रहेको थियो । ३ बर्ष अगाडी पुलमा सवारी साधन चल्न नसक्ने भन्दै नयाँ पुल निर्माण गरि पुलमा सवारी साधन आवागमन बन्द गरिएको थियो । तर अहिले सो पुलमा सवारी साधन बन्द गरिएपछि गोदावरी क्षेत्रमा आउने पर्यटनको मुख्य आकर्षणको केन्द्र बनेको छ । तर अहिले पुलका अधिकान्स काठ कुहिएर घाँस उम्रेको छ भने फलाममा खिया लागेको छ ।
उता सडक बिभागले भने पुलमा सवारी साधन संगै यात्रुलाई समेत यात्रा नगर्न भनि पुलको छेउमा सुचना टास गरेको छ । पुलमा सुचना टास गरिएको भएपनि गोदावरी घुम्न जाने पर्यटन भने पुलमा निर्वाद रुपमा जाने गरेका छन । स्थानियले भने पुल मर्मत र रंगरोपन गरि आजत जावत गर्न योग्य हुन सक्ने भएकाले आवागनम रोक्न नहुने बरु पुलको मर्मत गरि पर्यटकिय पुल बनाउनु भर्ने बताएका छन ।
भिडियो हेर्नुस.....