अत्तरिया - कैलालीको गोदाबरी नगरपालिका वडा नं ४ बन्दगडामा निर्माणाधिन मष्टा धामको काम तिब्र गतिमा भैरहेको छ । बृहत मष्टा धाम अन्तरर्गत अहिले त्यहाँ बिभिन्न धार्मिक मन्दिरहरु बन्ने काम तिब्र गतिमा भैरहेको हो ।
सुदुरपश्चिम प्रदेशको स्थायी राजधानी अत्तरियावाट करिब १५ किलोमिटरको दुरीमा रहेको कैलालीकै विकट क्षेत्र मानिने बन्दगडामा करिब साढे एक करोडको लागतमा झण्डै २ बिघा जमिनमा मष्टधाम निर्माण हुन लागेको छ ।
मष्टधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश साउँदको अथक प्रयासवाट प्रकृतिक सौर्दयताले भरिपुर्ण रहेको बन्दगडामा मष्टाधामका लागि संरचनाहरु निर्माण भैरहेका छन् । बृहत मष्टाधाम अन्र्तगत पाचँ खण्डमा छुट्याएर भौतिक संरचना निर्माणको काम गरिरहेका मष्टधाम व्यवस्थापन समितिका अध्यक्ष साउँदले जानकारी दिए ।
पहिलो खण्ड अन्र्तगत मष्टा धामको मुख्य दुधे मष्टा मन्दिरको काम अन्तिम चरणमा पुगेको र दाडे मष्टा मन्दिरको आधा काम भएको उनले बताए । मुख्य दुधे मष्टा मन्दिरको छत छाउने काम सम्पन्न भएको छ । काठै काठले छाइएको उक्त छतमा अब तामाले छाउने तयारी भैहरेको उनले बताए । यसका लागि स्थानिय , प्रदेश र संघिय गरी तीनै तहको सरकारको सहयोगको प्रखाईमा रहेको उनको भनाई छ ।
'यो बृहत मष्टा धामको योजना हो जसलाई हामीले पाचँ खण्ड अन्र्तगत राखेर काम गरिरहेका छौ , पहिलोमा धार्मिक क्षेत्रको कामलाई अगाडी बढाएका छौ भने दोस्रोमा पिकनिक स्पोट , तेस्रोमा मष्टा ग्रिन एण्ड स्टोन पार्क , चौथोमा सेल्फी पार्क र पाचौमा ताल क्षेत्रको कामलाई अगाडी बढाउने छौ उनले भने ।'
पुरा काम सम्पन्न हुन ११ करोड अनुमानित लागत रहेको बृहत मष्टा धाममा पहिलो खण्डमा डेढ करोडको हाराहारीमा रकम खर्च भैसकेको उनले बताए । यसका लागि सुरुवातमा गोदावरी नगरपालिकाले ८ लाख रुपैया र प्रदेश सरकारवाट ४० लाख रुपैया प्राप्त भएको उनले बताए ।
बाकिँ खर्च बिभिन्न सहयोगी दाताहरुवाट आर्थिक तथा आवश्यक सामाग्रीहरु सहयोग प्राप्त भएको उनले बताए । यस्तै पहिलो खण्डमा सो ठाउँको सरसफाई देखी बाटोघाटो निर्माण र मन्दिर निर्माणमा स्थानियहरुले पनि श्रमदान गरी महत्वपूर्ण सहयोग गरेको अध्यक्ष साउँदले बताए ।
मष्टा धाम पूर्ण रुपमा निर्माण भएपश्चात यँहा आन्तरिक पर्यटकको सँख्या बढने विश्वास लिइएको छ । गर्मी छल्न जानेहरुको पनि अहिले यँहा दैनिक भिड लाग्ने गरेको छ । खुटिया दिपायल सडक र सुरुङ मार्ग छिटो बन्ने यो क्षेत्रमा आउने पर्यटकका लागी अझै सहज बन्ने स्थानियको विश्वास रहेको छ ।
अन्य सहभागि सबैले मष्टा धाम निर्माण पश्चात भबिश्यमा यसले आन्तरिक तथा बाहृय धार्मिक पर्यटन भित्रयाई गोदाबरी नगरपालिकाको मात्र नभई सुदूरपश्चिमकै समग्र बिकाशमा कोशे ढुंगा साबित हुने यस क्षेत्रका नागरिकहरुले बताएका छन् ।