अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरु छाडा पशुचौपायको ब्यबस्थापन गर्न असफल भएका छन् । स्थानिय तहको निर्वाचनका बेला सबैभन्दा जटिल समस्यामा रुपमा रहेको छाडा पशुचौपायको ब्यबस्थापनलाई पहिलो एजेण्डा बनाएर निर्वाचित भएका जनप्रतिनिधहरु अहिले यस कार्यमा असफल भएका हुन् ।
५ बर्षका लागि निर्वाचित भएका जनप्रतिनिधिहरुको कार्यकाल सकिन अब एक बर्ष मात्रै रहेपनि नगरबासीका समस्या भने ज्यूका त्यू रहेका छन् । लामो समयदेखी छाडा पशुचौपायका कारण हैरानी खेपिरहेका नगरबासीहरु अहिले पनि ढुक्क हुन सकेका छैनन् ।
जनप्रतिनिधिहरुले छाडा पशुचौपायको ब्यबस्थापनमा लाखौ रुपैया खर्च गरेर ब्यावस्थापन गर्न खोजेपनि त्यसको दिर्घकालिन रुपमा समाधानको बाटो नखोज्दा नगरबासीका अन्नबालीका खानुका साथै सडकका छेउछाउमा हुलका हुल सडक जान गरेर बस्दा दुर्घटनाको जोखिम पनि बढाएको छ । गोदावरी २ का स्थानिय लोकराज ओझाका अनुसार छाडापशु चौपायका कारण रातिको समयमा सवारी साधन चलाउन निकै कठिनाई हुने गरेको बताए ।
उनले छाडापशुचौपायहरु सडकमा जम्मा भएर बस्दा रातिको समयमा नदेखिदा दुर्घटनाको जोखिम उच्च रहेको बताए । गरबासीको पहिलो समस्या भनेको छाडा पशुचौपायको ब्यबस्थापन गर्नु भएपनि यस तर्फ जनप्रतिनिधिहरु मुख दर्शक जस्तै बनको उनको भनाई छ ।
बजारमा हिड्ने सर्वसाधारण यात्रुदेखी गाउँ गाउँमा किसानहरु यस समस्यावाट हैरान छन् उनले भने सडककै छेउमा दुर्घटनामा परेर कतिपय गाईगोरुको मृत्यु समेत भैसकेको छ , सडकमा मृत्यु भएका गाईगोरुलाई हप्तौ दिन सम्म पनि ब्यबस्थापन गर्न सकिदैन , जसले गर्दा वरपरको पुरै वातावरण दुर्घन्धित समेत बन्ने गरेको छ ।
उनले विकास निर्माणका कामहरु बिस्तारै हुने गरेको भएपनि स्थानियहरुका मुख्य समस्या के छन् त्यसको समाधान तर्फ जनप्रतिनिधिहरुले प्राथमिकताका साथ काम गर्नुपर्ने बताए । किसानहरुले निकै मेहेनतका आ आफ्नो खेतमा रोपाई गरिरहेका छन् । रोपाई गरेपनि किसानहरु ढुक्कका साथ भने बस्न सकिरहेका छन् । यहाँका कतिपय किसानहरु रातिको सयममा छाडापशुचौपायले अन्नबाली खाएर सबै सखाप पार्न थालेपछि आ आफ्नो खेतमा तारबार समेत लगाएका छन् भने कतिपय अहिले पनि रातिको समयमा चौकिदार बस्न बाध्य छन् ।
पहिलेको भन्दा अहिले बजार क्षेत्रमा छाडापशुचौपायमा केही कमी आएको भएपनि अझै समस्या भने उस्तै रहेको छ । निर्वाचित भएका ४ बर्षको अबधि सम्म पनि जनप्रतिनिधिहरुले यस समस्यालाई वेवास्था गर्दा अहिले सम्म आफूहरुले दुख भोगिरहेको एक जना स्थानिय महिलाले बताइन् । यता गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँदले छाडापशु चौपायको व्यास्थापनमा नगरपालिकाले पटक पटक प्रयास गरेपनि सफल हुन नसकेको बताए ।
उनले गोदावरी नगरपालिका प्रदेशको मुख्य केन्द्रबिन्दु भएकाले जतिसुकै ब्यबस्थापन गर्दा पनि अन्य ठाउँवाट पनि यही आएर बस्ने हुदाँ ब्यबस्थापनमा चुनौती थपिएको बताए । हामीले प्रयास नगरेको हैनौ , गत बर्ष पनि २५ लाख रुपैया हामीले यसैका लागि भनेर छुट्याएका थियौ तर बिडम्बना जति जति हामीले ब्यबस्थापन गर्दै जान्छौ त्यही नै नयाँ नयाँ थपिदै जानथाले उनले भने अहिले पहिलेको भन्दा धेरै कम भैसकेको छ तर पनि यसलाई पुरै ब्यबस्थापन गर्नका लागि एक्लै हामीले गरेर मात्रै सम्भवन छैन ।
नगरप्रमुख साउँदले यो समस्या गोदावरी नगरपालिकाको मात्र नभई पुरै कैलाली र कञ्चनपुर जिल्लाको समस्या भएकाले दुवै जिल्लाका स्थानिय तहहरु मिलेर मात्रै यसको दिर्घकालिन समाधान गर्न सकिने बताए । उनले अहिले वनको सम्पूर्ण अधिकारी प्रदेश सरकारमा रहेकाले ब्यास्थापनका लागि जग्गा पनि पाउन मुस्किल भएको बताए ।
यस बिषयमा हामी केही स्थानिय तहहरु मिलेर प्रदेश सरकारसंग छलफल र समन्वय गरेपनि प्रदेश सरकारवाट पनि कुनै प्रतिकृया नआएको उनको भनाई छ ।
उनले लक्ष्मीका रुपमा पुजिदै आएका गाईलाई दुध दिदाँ सम्म खाने र पछि दिन छोडेपछि सडकमा ल्याएर छोड्ने प्रबिृतिको अन्त्य हुन जरुरी रहेको बताए ।
छाडा चौपायको समस्या दिर्घकालिन समाधानका लागि अझै पनि कैलाली र कञ्चनपुरका स्थानिय सरकारका बिचमा छलफल भैरहेकाले नगरप्रमुख साउँदको भनाई छ ।