अत्तरिया - कैलालीको अत्तरियामा संञ्चालित अटोरिक्साहरुले मनलाग्दी रुपमा भाडा अशुल्न थालेको गुनासो बढेको छ । कोरोना कारण जारी निषेधाज्ञा बिस्तारै खुलेसंगै संचालनमा आएका बिधुतिय अटोरिक्साहरुले यात्रुहरुवाट मनलाग्दी रुपमा भाडा अशुल्न थालेको गुनासो बढेको हो ।
छोटो दुरीमा संचालन हुदै आएका अटोरिक्साहरुले विभिन्न ठाउँका लागि शुल्क नै तोकेर अटोमा टासिएको हुने भएपनि त्यो भन्दा फरक आफ्नो मनलाग्दी रुपमा पैसा लिने गरेको अत्तरियाबासीले बताएका छन् ।
स्थानिय धर्मराज जोशीले पछिल्लो अटो रिक्सा लगाएतका अन्य यात्रुबहाक सवारी साधनहरुले मनलाग्दी भाडा अशुल्दा सवारी साधनमा यात्रा गर्न पनि कठिन भैरहेको बताए । उनले प्रदेशको राजधानी जहाँ ट्राफिक प्रहरीको सुदूरपश्चिम प्रदेशको कार्यालय छ यही यस्तो जटिल समस्या देखा परेका र अन्य ठाउँहरुमा झन कस्तो समस्या होला भन्दै प्रश्न गरे ।
आफू दैनिक तेघरीवाट नगरपालिकाको कार्यालय सम्म पुग्नुपर्ने बताउदै उनले अटो रिक्साहरुले तेघरीदेखी नगरपालिका कार्यालय सम्म पुञ्याएको ६० देखी ७० रुपैया सम्म अशुल्दै आएको बताए । यस्तै अत्तरिया चोकवाट नगरपालिकाको कार्यालय सम्म जानका लागि १० रुपैया लाग्ने गरेको भएपनि अहिले अटो रिक्साहरुले २५ देखी ३० रुपैया अशुल्ने गरेको उनको भनाई छ ।
सधै बजार क्षेत्रमा आवतजावत गर्नेलाई भाडाको बिषयमा जानकारी हुने गरेको भएपनि यात्रुलाई ठगेर अटो रिक्सा देखी अन्य सवारी साधनहरुले भाडा बढेको छ भन्दै यात्रुहरुलाई दुख दिने गरी मनलाग्दी पैसा लिने गरेको गुनासो बढेको हो ।
यता सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले अबदेखी तोकिएको भाडादर भन्दा एक रुपैया पनि बढी लिएको पाइए कारबाही गरिने बताएको छ ।
सार्वजनिक सवारी साधन संगै अटो रिक्साहरुले अब आफू पुग्ने स्टेसन सम्मको पुरै भाडादर यात्रुलाई प्रष्ट रुपमा देखिने गरि गाडी टास्न निर्देशन दिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।
"पछिल्लो समयमा मसंग पनि यस्ता गुनासाहरु आउन थालेपछि मैले पुरै सुदूरपश्चिमका ९ ओटै जिल्लामा पत्र काटेर एक दुई दिन भित्र सार्वजनिक सवारी साधन देखी अटो रिक्साहरुले अनिवार्य रुपमा तोकिएको दररेट अनुसारको भाडादरको लिष्ट गाडीमा टास्न निर्देशन दिएको छु" उनले भने - "यदी त्यो लिष्ट नराखेर मनलाग्दी रुपमा भाडा लिएको पाइएमा तुरुन्त कानुनी कारबाही गरिने छ । "
उनले सबै सार्वजनिक सवारी साधनलाई अनिवार्य रुपमा सबै यात्रुलाई देखाउने गरी भाडादरको लिष्ट टास्न समेत अनुरोध गरे ।
यदि अटेरी गरेर यात्रुवाट अनआवश्यक रुपमा भाडा अशुलेको पाइए कडा कारबाही गरिने प्रहरी उपरीक्षक गौतमले बताएका छन् ।