अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाले न्याय सम्पादनलाई प्राथमिकताका साथ अगाडी बढाएको छ । नगरबासीहरुका साना तिना समस्यालाई गाउँघरमै मिलाउनका लागि उप प्रमुख रत्ना कडायतको संयोजकत्वमा गठन भएको न्यायिक समितिले न्याय सम्पादनलाई प्राथमिकताका साथ अगाडी बढाएको हो ।
नगरपालिकामा जनप्रतिनिधिहरु आएसके पश्चात २०७४ साल भदौ ३१ गते उपप्रमुख कडायतको संयोजकत्वमा गठन भएको न्यायिक समितिमा नगरबासीहरुको प्रभावकारीता समेत बढेको पाइएको छ । चालु आर्थिक बर्षमा मात्रै बिभिन्न प्रकृतिका १ सय २५ वटा मुद्धा अर्थात फिरादहरु न्यायिक समितिमा परेकोमा ७८ ओटा मुद्धाको फछौट गरिएको छ ।
जसमा गत आर्थिक बर्ष २०७६ ७७ वाट फछौट हुन नसकेको २५ ओटा मुद्धा चालु आर्थिक बर्षमा सारिएका थिए । १ सय २५ वटा मुद्धाहरु मध्ये ७८ ओटा मुद्धाको मिलापत्र गरिएको भएपनि ४७ ओटा भने बाकिँ नै रहेका छन् । बाकिँ रहेका मुद्धाहरु प्रक्रियमा रहेको उप प्रमुख एबम् न्यायिक समिति संयोजक कडायतले जानकारी दिइन् ।
गोदावरी नगरपालिकाको न्यायिक समितिमा सबै भन्दा बढी मुद्धा जग्गा सम्बन्धि पर्ने गरेको न्यायिक समितिको तथ्याङकले देखाएको छ । चालु आर्थिक बर्षमा पनि जग्गा सम्बन्धि ५६ ओटा मुद्धा परेका छन् । ५६ ओटा मुद्धाहरु मध्ये ३२ को मिलापत्र गरेर पठाएको र २४ ओटा भने प्रक्रियामा रहेको संयोजक कडायतले बताइन् ।
त्यसपछि लेनदेन सम्बन्धि १६ ओटा मुद्धा परेकोमा १० को मिलापत्र भएको छ भने ६ प्रक्रियमा रहेका छन् । बाटो सम्बन्धि विवादको ७ मध्ये ३ को मिलापत्र ४ प्रक्रियमा , ज्यालामजदुरीको ४ मध्ये २ को मिलापत्र २ प्रक्रियमा , घर बहाल सम्बन्धि १२ मध्ये ११ को मिलापत्र १ प्रक्रियमा , ध्वानी प्रदुषण गरेको सम्बन्धि २ मध्ये दुवै प्रक्रियमा , जेष्ठ नागरिकको पालन पोषण नगरेको सम्बन्धि एउटा उजुरी परेको त्यसको मिलापत्र गरिएको छ ।
यस्तै जग्गा अंश वण्डा सम्बन्धि एउटा उजुरी परेकोमा त्यसको मिलापत्र , गालीगलौच तथा कुटपिट सम्बन्धि ५ मध्ये २ को मिलापत्र ३ प्रक्रियमा , खानेपानीको पाइप काटेको क्षतिपूर्ती सम्बन्धि एउटा उजुरी परेकोमा त्यसको मिलापत्र , संघियारले सिमानामा घर बनाएकाले झ्याल हटाई पाउँ भन्ने सम्बन्धि एउटाको मिलापत्र , कुखुरा पालनवाट फोहोरमैला गरी छिमेकीलाई असर गरेको सम्बन्धि एउटा उजुरीको मिलापत्र , ढल निकास सम्बन्धि एउटाको प्रक्रियामा र बिधुत मिटर राख्ने ठाउँ समस्याका सम्बन्धिमा २ वटा उजुरी परेको दुवैको मिलापत्र गरिएको उपप्रमुख कडायतले जानकारी दिइन् ।
उनका अनुसार यसरी मिलापत्र गरेर पठाएका मुद्धाहरु कम मात्रमा फिर्ता आउने गरेका छन् । फौजदारी बाहेका मुद्धाहरु मात्रै हेर्ने न्यायिक समितिले मुद्धा दर्ता भैसकेपश्चात दुबै पक्षलाई बोलाएर बृहत छलफल गरी दुवैलाई खुसी हुने गरी जित जितको आधारमा मुद्धाहरुको फछ्र्टौट गरिरहेको उनले बताइन् ।
साविकको गा.वि.सलाई आधार मानेर अहिले प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरिएको छ । १२ वटै वडाभरी गठन भएको ५ वटा मेलमिलाप केन्द्रमा अहिले ७४ जना मेलमिलाकर्ताहरु रहेका छन् । नगरपालिकामा न्यायिक समिति गठन भएदेखी नै न्यायिक समिति मुद्धाको चाङ लाग्ने गरेको छ ।
पछिल्लो समय धेरै जसोले गाउँघरमा हुने सानातिना विवादहरुको समस्या समाधानका लागि नगरपालिकामा न्यायिक समिति रहेको त्यहाँ जादाँ समस्या समाधान हुन्छ भन्ने जानकरी पाएपछि न्यायिक समितिमा आउने गरेको संयोजक एबम् उप प्रमुख कडायतले बताइन् ।
यसरी न्यायिक समितिमा परेका उजुरीहरुलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताइन् ।