अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाले हरियो बन गोदावरीको धनको निति ल्याएको छ । नगरपालिकाले यही असार १० गते सार्वजनिक गरेको आगामी आर्थिक बर्षको निती कार्यकम तथा बजेटमा उक्त निति ल्याएको हो ।
निति तथा कार्यक्रम सार्बजनिक गर्दै नगरउप प्रमुख रत्ना कडायतले नगरभित्रको बनजंगलको संरक्षण गर्दै बृक्षारोपण गरेर सबै नगरबासीहरुको सहयोग र सहकार्यमा आधारित हरियो बन गोदावरीको धन भन्ने कार्यक्रम संचालन गरिने बताइन् ।
नगरपालिकाले नगर क्षेत्र भित्रमा सामुदायिक वनहरुमा भइरहेको अव्यवस्थित बसोवास र वनजंगल अतिक्रमण नियन्त्रण गरी हराभरा नगरपालिका निर्माण गर्ने नीति ल्याएको छ । तर नगरपालिकाले यस्तो निति ल्याईरहदाँ नगरपालिका भित्रको रहेको बन जंगल भने बर्षेनी अतिक्रमणको चपेटामा परेर सखाप हुन थालेको छ ।
अत्तरिया बजारसंगै जोडिएका सामुदायिक बनको जग्गा दिनप्रतिदिन अतिक्रमण हुदै पक्की संरचनाहरु बन्न थालेपछि नगरको पुरै वन क्षेत्र सखाप हुन थालेको हो । यस तर्फ भने नगरपालिकाले कुनै पहल चालेको देखिदैन ।
नगरपालिकाका जनप्रतिनिधिहरुले यसलाई रोक्नुपर्ने बेलामा उल्टै आफैले बनको जग्गामा भवन बनाउने र निजि संघ संस्थाका भवनहरु बनाउन प्रोत्साहन दिने गरेको आरोप लागेको छ ।
बिषय गरि अत्तरिया आसपास रहेको वडा नं १ को सुरक्षा महिला सामुदायिक , वडा नं २ मा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक बन र वडा नं ३ मा रहेको चौकिडडा महिला सामुदायिक बनको जग्गा बढी अतिक्रमणको चपेटामा परेको छ ।
यसमा बिषयमा नगरपालिकाका जनप्रतिनिधि , सामुदायिक बनका पदाधिकारीहरु र बनका कर्मचारीहरु सबैको ध्यान गएको छ तर यसलाई रोक्न भने कसैले पहल गरेको देखिदैन । कोरोना महामारीले गर्दा सबैतिर बन्द रहेका बेला दुर्गालक्ष्मी सामुदायिक बनमा त ठूला ठूला पिल्लर सहितका पक्की संरचनाहरु निर्माण भएका छन् ।
सोमवार बन अतिक्रमणको बिषयलाई लिएर गोदावरी नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय र बन कार्यालयमा तालाबन्दी समेत गरिएको छ । स्थानीयले वडामा रहेको चौकीडाँडा महिला सामुदायिक बन अतिक्रमण भएको बन्दै वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।
उनिहरुले बन अतिक्रमण रोक्न स्थानिय सरकार र अन्य सरोकारवाला निकायले ध्यान नदिएको आरोप लगाएका छन् । स्थानियहरुले नगरपालिकाले कागजी रुपमा निति ल्याएर मात्रै नगरपालिका हराभरा नहुने बरु यसलाई कडाईका साथ लागू गर्नुपर्ने बताएका छन् ।
समाजका लागि अतिआवश्य रहेका बाहेक बन अतिक्रमण गरि बनाइएको निजि तथा बिभिन्न संघसंस्थाका संरचनाहरु पुरा हटाएर खाली गर्नुपर्ने स्थानियहरुको भनाई रहेको छ ।
यति यस तर्फ नगरपालिकाको ध्यान नजाने हो भने हरियो बन गोदावरीको धन होइन यहाँ पनि बन थियो कि भन्ने अबस्था आउन सक्ने देखिएको छ ।