अत्तरिया - स्थानिय तहको निर्वाचन पश्चात गोदावरी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रका सक्रिय पत्रकारहरुका लागि भने एउटा महत्वपूर्ण योजना ल्याए । नगरपालिकाले २ बर्ष पहिलेको नीति तथा कार्यक्रममै उक्त कुरा समेटिएको थियो ।
आर्थिक वर्ष २०७६⁄७७ लागि नगरपालिकाले सार्बजनिक गरेको निती तथा कार्यक्रममा सुचना तथा संञ्चानका लागि भनेर एउटा छुट्टै शिर्षकमा कार्यक्रमहरु ल्याएको थियो । उक्त शिर्षकको अन्तिम बुदामा लेखिएको थियो स्थानीय स्तरमा सक्रिय पत्रकारहरुलाई प्रोत्साहनका लागि गोदावरी पत्रकारिता पुरस्कारको स्थापना गरिनेछ ।
त्यो योजना सुनेर गोदावरी नगरक्षेत्रमा रहेको बिभिन्न मिडियामा कार्यरत श्रमजिवी पत्रकारहरु निकै खुसी भए । स्थानिय सरकारले स्थानिय पत्रकारहरुका लागि भनेर यस्तो महत्वपूर्ण योजना समेटेको भन्दै सबैले नगरपालिकालाई धन्यवाद समेत दिए । तर हात्तिको खाने दात एउटा देखाउन एउटा भने झै सो योजना पनि यस्तै भयो ।
स्थानिय पत्रकारलाई प्रोत्साहन गर्न नगरपालिकाले ल्याएको सो महत्वपूर्ण योजना कार्यन्वयन हुन नसक्दा २ बर्षदेखी अलपत्र परेको छ । नगरपालिकाले बिहिवार मात्रै आगमी आर्थिक बर्ष २०७८÷०७९ को निति , कार्यक्रम तथा बजेट साबर्जनिक गरेको छ ।
नगरपालिकाले श्रमजिवी पत्रकारहरुलाई प्रोत्सान गर्नका लागि बिभिन्न खाले नयाँ योजनाहरु ल्याउनुपर्नेमा उल्टै आगामी बजेटमा सो योजना नै हटाइएको छ । यस बिषयमा गोदावरी नगरक्षेत्रका सक्रिय पत्रकारहरुले दुख ब्यक्त गरेका छन् ।
अत्तरिया खबर तथा अत्तरिया अनलाईनका सम्पादक यस क्षेत्रका सक्रिय पत्रकार महेश कुमार महरले नगरपालिकाले आगामी बर्षका लागि निकै महत्वपूर्णहरु कार्यक्रमहरु ल्याएको भएपनि स्थानिय श्रमजिवि पत्रकारहरुका लागि भने कुनै कार्यक्रम नराखिएको भन्दै दुख ब्यक्त गरे ।
उनले कार्यक्रम ल्याउनु मात्रै नभई त्यसको सफल रुपमा कार्यन्वयन गर्नु नै नगरपालिकाको सफलता हुने बताए । नगरपालिकाले स्थानीय स्तरमा सक्रिय पत्रकारहरुलाई प्रोत्साहनका लागि गोदावरी पत्रकारिता पुरस्कारको स्थापना गर्नु सुखद रहेकाले जति सकिन्छ चाडो यसलाई कार्यन्वयनमा लैजानु पर्ने बताए ।
"गोदावरी क्षेत्रमा हामी थोरै मात्रै सक्रिय पत्रकारहरु छौ , हामीहरु मध्ये कसैले पनि यस्तो खालको प्रोत्साहान नगरपालिकावाट पाएमा यस क्षेत्रका बिकृति बिसंगतिहरुलाई कलमका माध्यमवाट हटाउदै राम्रो कुराको उठान गर्न अझै जोस , जागर र उर्जा आउछ" उनले भने - यसका आवश्यक मापदण्डहरु बनाएर चाडै यो योजना लागू गर्नुपर्छ भन्ने मेरो मान्यता हो । "
गोदावरी पत्रकार मञ्चले पनि नगरपालिकाको उक्त योजना निकै राम्रो भएकाले यसलाई कार्यन्वयन गर्दै निरन्तरता दिन आग्रह गरेको छ । टिभी टुडेमा कार्यरत गोदावरी पत्रकार मञ्चका उपाध्यक्ष अनिल पन्तले स्थानिय स्तरमा श्रमजिवी पत्रकारहरुलाई स्थानिय सरकारको अपनोत्व हुने खाले कार्यक्रम ल्याएर कार्यन्वयन गर्न माग गरे ।
उनले गोदावरी पत्रकारिता पुरस्कारको स्थापना गर्नु आफैमा खुसीको कुरा भएकाले यस्ता खालका योजनाहरु ओझेलमा नपार्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
उता गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले स्थानिय पत्रकारहरुको सुझाव सल्लाहमा आर्थिक वर्ष २०७६⁄७७ मा नै गोदावरी पत्रकारिता पुरस्कारको स्थापना गर्ने भनेर निति तथा कार्यक्रममा राखेको भएपनि बिबिध कारणले कार्यन्ब्यन गर्न नसकिएको बताइन् ।
उनले कोरोना महामारीका कारणले गर्दा पनि गत बर्ष कार्यक्रम कार्यन्ब्यन गर्न नसकिएको प्रतिकृया दिइन् । यद्धपी अझै पनि केही चालु आर्थिक बर्षको केही समय बाकिँ रहेकाले यो कार्यक्रम कार्यन्वयनका लागि आफूले कुरा गर्ने बताएकी छन् ।