अत्तरिया - गोदावरी नगरपालिकाले आगामी वर्ष २०७८÷०७९ का नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । बिहिवार नगरपालिकाको सातौ नगरसभामा नगरउपप्रमुख रत्ना कडायतले नगरपालिकाले आगमी बर्षका लागि ल्याएका नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् ।
नगरपालिकाको आगामी बजेट १ अर्ब १८ करोड ७१ लाख ५७ हजार बराबरको रहेको छ । यो चालु आर्थिक बर्ष २०७७÷७८ को भन्दा झन्डै १० करोडले बढि रहेको छ ।
नगरपालिकाले आगमी बर्षमा सबै क्षेत्रलाई समेट्ने प्रयासका साथ कार्यक्रम र बजेट ल्याएको उप प्रमुख रत्ना कडायतले बताइन् । जस अनुसार पुर्वाधार विकास, खानेपानी, सिचाई , कृषि आधुनिकिकरण , प्राविधिक शिक्षा , खेलकुदमैत्री नगरपालिका र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखिएको छ ।
यसैगरि कोभिड १९ बाट प्रभावित र विदेशबाट आएका लक्षित समुदाय विशेषगरि युवाका लागि स्वरोजगार कार्यक्रम , करको दायरा फराकिलो र दर स्थिर राखी उत्कृष्ट करदातालाई सम्मान कार्यक्रम, १ वडा १ उत्पादन र १ घर १ करेशाबारी कार्यक्रम , मेयर उपमेयर उतकृष्ट कृषक प्रोत्साहन, सुप स्तरिय मेयरकप साईकिलिङ कार्यक्रम , नगरभित्रका शिक्षकलाई उत्कृष्ट गोदावरी पुरस्कार, १ वडा १ खेलकुद मैदान, जेष्ठ नागरिकहरूसँग मेयर स्वास्थ्य प्रवद्वर्न कार्यक्रम, नगरस्तरिय ब्लड बैक स्थापना गरिने नीति तथा कार्यक्रम र बजेटमा राखिएको उप प्रमुख कडायतले बताइन् ।
यसैगरि गोदावरि नदिमा विधुतिय सबदाह गृह शुरू गरिने , उपमेयरसँग सुरक्षित मातृत्व कार्यक्रम , खर÷भुसको छाना मुक्त पालिका घोषणा, फोहरलाई मोहर बनाउने कार्य , , उपमेयरसँग सासुबुहारी प्रोत्साहन र अगुवा महिला सम्मान कार्यक्रम , उत्कृष्ट कार्य सम्पादन गर्ने राष्ट्रसेवक कर्मचारी र शिक्षक गरि ५÷५ जनालाई प्रत्येक वर्ष २५ हजार नगद सहित उत्कृष्ट पदक दिईने भएको छ ।
यसरैगरि जातिय छुवाछुत र छाउपडि मुक्त वडा हुँदै नपा घोषणा, महिला, युवा, एकल महिला , अपांगता भएका वर्ग, बादी समुदाय , गिट्टी कुट्ने समुदाय,जेष्ट नागरिक , बालबालिका , एचआईभी सक्रमित दिदिबहिनि, मुक्त कम्लरी,मुक्त हलिया,मुक्त कमैया वर्गका लागि क्षमता अभिवृद्वि, ससक्तिकरण ,आयआर्जन र सिपमुलक, वडा नं ३ मा खेलकुद रंगशाला निर्माण ,उघोगमैत्री कार्यक्रम, ढलनिकास , गोदावरि धाम मष्टाधाम शिवपुरिलधामको विकास , नगर शिक्षक , बाल विकास शिक्षक र सिएलसीका कर्मचारीहरुलाई सम्बोधन गर्ने खालका कार्यक्रममाहरुलाई प्राथमिकतामा राखेर बजेट ल्याएको उप प्रमुख कडायतले बताएकी छन् ।