अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ७ मा रहेका ग्रामिण सडकको ग्राभिलका लागि आएको बजेटमा हिनामिना भएको आशंका गरिएको छ । गोदावरी नगरपालिकावाट प्रत्येक वडामा ५ लाखको ग्राबेल गर्न ठेक्का दिएको थियो ।
वडा नम्बर ७ मा ५ लाखको ५ सय घनमिटर ग्राबेल गर्ने भनेपनि २० ट्रली मात्र ग्राभिल हालेर बाकिँको रकम हिनामिना भएको स्थानियहरुले आशंका गरेका हुन् ।
उनीहरुले वडाको मुख्य सडक जहाँ ग्राभिलको सबैभन्दा बढी आवश्यकता भएपनि पहुचँको आधारमा केही सडकमा कनिका छरेको जसरी ग्राभिल आफूहरुलाई बर्षातको समयमा आवतजावत गर्न निकै समस्या भएको गुनासो गरेका छन् ।
गोदावरीका वडा नं ७ देखी वडाको नं ४ को फुलबस्ती , बेलपानी , गैरीगडा लगाएका ठूला गाउँहरुलाई जोड्ने मुख्य सडकमा ग्राभिल नगरी अलपत्र छोडिदा अहिले दुवै वडाका स्थानियहरुलाई आवतजावतमा निकै कठिनाई भैरहको स्थानिय खेमराज ओझाले बताए ।
उनले जनप्रतिनिधिहरुले जनताको आवश्यकता भन्दा पनि पहुँचको आधारमा केही सडकमा ग्राभिल गर्दा यस्तो अबस्था आएको आरोप लगाए । दैनिक सयौको संख्यामा मानिसहरु आवताजावत गर्ने र सवारीसाधनहरु चल्ने उक्त सडकको मगर टोलमा अहिले बर्षातको बेला हिडि नसक्नु भएको गुनासो पोखेका छन् ।
उनले आफू टोलसुधार समितीमा आबद्ध भएकाले आफुसंगै मगर टोलका सबै जनताले पटक पटक सम्बन्धित वडा र नगरपालिकामा खबर गर्दा पनि कुनै वास्ता नगरेको बताएका छन् ।
चालु आर्थिक वर्षमा नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत सो सडकको दुवैतिर नाली निमार्ण गर्ने भन्यो , नालीलाई ब्यबस्थित तरिकाले खनेर लैजानुपर्ने हो , तर यहाँ त बिचमा नाली खनेर त्यो माटो सबै सडकमा हालियो नालीको माटो सडकमा थुपारेपछि अहिले पानी परेपछि हिलोले यो सडकमा हिड्न सकिदैन् उनले भने ।
अर्का स्थानिय राम बहादुर सोपले विकासका नाममा विनास हुने गरी बिचमा गएर नाली खन्दा अहिले आफ्नो घर डुबान हुने अबस्थामा आएको बताए ।
उनले प्रधानमन्त्री रोजगार कार्यक्रमका बिच बिचमा खनिएको नाली निकास हुन नपाउदाँ अहिले बर्षातको सबै पानी आफ्नो घरमा आउन थालेको दुखेसो पोखे । बिरामी पर्दा गाडी समेत आवतजावत गर्न सक्ने अबस्था नहुदाँ कहिले कोही बिरामी भए अस्पताल सम्म पनि कसरी पुञ्याउने भन्ने चिन्ता लागेको स्थानिय एक बृद्धा भागा बि.कले गुनासो गरिन् ।
आफूहरुले आवतजावत गर्ने मुख्य बाटो यही भएकाले साना केटाकेटी देखी आफू कयौ पटक यस सडकमा चिप्लिएर लडेको उनले बताइन् । जनताको समस्यालाई भन्दा पनि कमिसनको भरमा बजेट पचाउने गरी काम गर्दा आफूहरुले दुख भोग्नुपरेको स्थानियहरुको भनाई छ । गोदावरी नगरपालिकाले ५ सय घनमिटरको ग्राबेलमा समेत आर्थिक चलखेल गरेको उनीहरुको आरोप छ ।
ठेक्कामार्फत भएको काममा वडा नम्बर ७ मा २० ट्रली अर्थात ७० घनमिटर ग्राबेल गर्दै बाँकी ग्राबेलको रकम हिनामिना भएको स्थानीयको दाबी छ । वडा नं ७ का वडा सदस्य ठक्कर बहादुर धर्तीमगरले बर्षातले गर्दा नाली खनेर सडकमा फालिएको माटो गलेपनि हिलाम्मे भएको बताएका छन् ।
उनले आफूहरुसंग कुनै समन्ब्य नगरी यो सबै काम नगरपालिकाले एकलौटी गरेको आरोप लगाए । "हामीसंग कुनै सर सल्लाहा हुदैन यति कि हामीलाई योजनाको अनुगमन गर्ने हेर्ने जिम्मेवारीवाट समेत निकालिएको छ उनले भने म यही टोलको बासिन्दा हु मलाई थाहाँ छैन काहाँ ग्राभिल गरियो काहाँ काम भयो भएन ।"
उनले आफूले ब्यक्तिगत तर्फवाट सो सडकमा ग्राभिल गरेको दाबी गरे । वडा नं ७ का वडा अध्यक्ष हेमराज ओझाको भनाई पनि नगरपालिकाले आफुसंग कुनै समन्वय नगरेर ग्राबेलका लागि ठेक्का दिएको बताएका छन् ।
"यो सबै ठेक्का नगरपालिकाले दिएको हो , पैसा कति लाख हो मलाई थाहाँ भएन वडा नं ७ भरीमा ५०० घनमिटर ग्राभिल गर्ने भनिएको हो उनले भने - "नगरपालिकावाट खबर नआएपनि ठेकेदारले भने मसंग सोधेको हो ।"
उनले वडाभरी २० ट्रली मात्र ग्राभिल हालिएको र बाकिँको रकम हिनामिना भएको भन्नु गलत रहेको बताएका छन् । उनले वडा नं ७ मा थुप्रै ग्रामिण सडकहरु भएकाले वडाबासीको आवश्यकता भएका सबै सडकहरुको मर्मत सम्भार गर्दै ग्राभिल हालिएको दाबी गरे ।
यता गोदावरी नगरपालिकाका प्रबक्ता शर्मा नन्द भट्टले नगरपालिकाले वर्षातको समयमा परेका खाल्डा पुर्नका लागि ठेक्का गरिएको बताए । १२ ओटा वडा रहेको नगरपालिकाको प्रत्येक वडामा ५ लाखको ग्राबेल गर्न नगरपालिकाले ठेक्का दिएको उनको भनाई छ ।
ठेक्का भएपनि अहिले नै रकम भुक्तानी नभएकाले ग्राबेल नभएका र कम भएको सडकहरुमा पुनः ग्राबेल गर्न लगाउने प्रबक्ता भट्टले बताएका छन् । उनका अनुसार सो सडक चालु आर्थिक बर्षमा कालोपत्रे गर्ने योजनामा समेत परेको छ ।