अत्तरिया - सधै सबैको जिवनको एकनासको हुदैन । कहिले हासो त कहिले रोदन , कहिले खुसी त कहिले पिडा । मानब जिवनमा यस्ता खाले उतार चढावहरु आइरहन्छन् । यस्तै उतार चढावको जिवन जिउदै आएका थिए शेर बहादुर साउँद पनि ।
कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरी घर भएका ४० बर्षिय शेर बहादुर केही बर्ष पहिले भारतमा चौकीदारी गर्दै आएका थिए ।
दुई वटा छोरा र श्रीमती सहित भारतमा बस्दा उनले त्यति बेला राम्रै पैसा कमाउथे । १ दशक पहिलेको कुरा हो उनको मासिक कमाई ८ देखी १० हजार भारु रहेको थियो । त्यो बेलाको त्यति कमाईले उनी र उनको परिवार भारतमा खुसीका साथ बसिरहेको थियो ।
२० बर्ष भारतमै कटाएका उनी २०७० सालमा नेपाल आफ्नो घर फर्किएका थिए । त्यपछि उनले रोजगारी गर्न कहिले भारत जान पाएनन् । उनको नेपाल फर्काइ पछिको एक बर्ष निकै पिडादायी रह्यो । खुट्टाको बुढि औ भन्छन् मैले सोचेको पनि थिएन त्यति सानो कुराले यति ठूलो रुप लिन्छ होला भन्ने , धेरै ठाउँमा लामा गहुँको नल घुस्दा उनले आफ्नो एक खुट्टा नै गुमाउन पुगे ।
गहुँ काटेर घर भित्र राखिसकेकपछि खेतमा भएको सानो गहुँको नलको टुक्रा बुढी औलामा घुस्यो अनि त्यसले विस्तारै बिकराल रुप लियो उनी उपचार गराए तर काँही केही लागेन । सो खुट्टाको उपचारमै ५÷७ लाख रुपैया खर्च गरेपनि अन्तिममा गएर काट्नु परेकोमा उनले दुख ब्यक्त गरे ।
निको हुन्छ की भन्ने आशामा उनले नेपालका मात्रै होइन भारतका बिभिन्न अस्पतालहरुमा उपचार गराए तर अन्तिमममा खुट्टामा क्यान्सर लागिसकेकाले डाक्टरले खुट्टा नै काट्नुपर्ने सल्लाह दिए । गरिब परिवारका साउँदको उपचारका लागि सबैले आ आफ्नो तर्फवाट सहयोग गरेपछि उनको खुट्टा काटियो र त्यही बेला उपचार गर्न सहज भयो ।
दुई खुट्टाले जहाँ मन लाग्यो त्यहाँ पुग्ने उनी अब बैशाखीको साहारामा पुगे । त्यही पनि उनी जसोतसो आफ्नो मन समाल्दै बाकिँ जिवन काटिरहेका थिए । एउटा सानो कच्ची घर , २ साना छोरा र एउटा श्रीमती रहेका उनको परिवारमा उनी बाहेक कमाउने अरु कोही थिएनन् । जब उनको अबस्था यस्तो भयो उनकी श्रीमतीले छोराहरु र श्रीमानलाई पाल्ने बाटो त खोज्नुपञ्र्यो ।
पछि उनी गाउँमै घरहरु बनाउने काममा दैनिक ज्याला मजदुरी गर्न थालिन । एक जनाको दैनिक कमाइले ४ जनाको पेट पाल्दै आएपनि उनीहरुको परिवार बिचमा सबै दुख पिडा बिर्सिएर खुसी नै रहेको थियो । तर अहिले आएर फेरि त्यही परिवारमा अर्को बर्ज्रपात परेको छ ।
४ बर्ष पहिले क्यान्सरले एउटा खुट्टा गुमाएको पिडा भुल्न नपाउदै शेर बहादुरको अर्को खुट्टामा पनि क्यान्सरको जस्तै लक्षण देखिएको छ । खुट्टामा आएको सानो किललाई हातले चुडेर फालेपछि त्यसले अहिले ठूलौ रुप लिन थालेको छ । बैशाखीको साहारामा त्यही खुट्टले घरको बाहिर भित्र गर्दै आएका शेर बहादुर अहिले भने घर भित्रै थन्किएका छन् ।
आर्थिक अबस्था निकै कमजोर रहेका उनी २० दिनदेखी घर भित्रको एउटा पलङमा थन्किएका हुन् । उनलाई अहिले शौचालय जानमा सबै भन्दा बढी समस्या भैरहेको छ । खुट्टाको मुनितलाको छाला निस्किएर पुरै कालो भएर क्यान्सरको जस्तो लक्षण देखिएपनि उनी अस्पताल सम्म पुग्न सकेका छैन् । घरमै बसेर क्यान्सर हो की केहो भन्न सकिन्न ।
निद्रा लागेको बेला भित्र आरामले सुत्छु भन्छु तर साह्रै दुख्छ सुत्न सक्दैन उनले भने श्रीमती दिनभरी ज्याला मजदुरी गरेर थाकेर आउछ म राति रुन्छु कराउछु उनी पनि रातभरी सुत्न पाउदैनन् ।
जसरी हुन्छ मलाई अस्पताल सम्म पुञ्याइदिनु पञ्र्यो । म जब उनको घरमा पुगे उनी रुदै थिए , मेरो घर पनि तेघरी नै भएकाले मलाई उनले चिनिसकेको थिए उनले म पुग्दा नमस्कार गरेर बस्नुस भन्न थाले । मैले ठिक छ भन्दै बसे र उनी सित कुराकानी गर्न थाले ।
म त जिवन र मरणको बिचमा छु , यसै त अपाङ थिए त्यही माथि मलाई नै यस्तो भयो मेरोलाई कोही छैन मेरो भगवान तपाईहरु नै हो उनले भावुक हुदै आफ्ना दुख पोखे । उनलाई जसरी भएपनि अहिले अस्पताल पुग्नु छ तर त्यसका लागि उनीसंग आर्थिकको सबै भन्दा ठूलो समस्या छ ।
यस अघिको समस्यामा सबैको साथ सहयोगमा उपचार गरिएकाले यस पटक पनि सहयोग गरिदिन उनको परिवारले सबैमा अपिल गरेको छ । उनकी श्रीमती पवित्रा साउँदले जसरी हुन्छ आफ्नो श्रीमानलाई अस्पताल सम्म पुञ्याइदिन आग्रह गरेकी छन् ।
उनले घरमा राख्दा रुने , कराउने गर्दा झन पिडा माथि पिडा थपिरहेकाले सहयोगी मनकारीहरुलाई आ आफ्नो तर्फवाट सहयोग गरेर उनको उपचार गरेर अर्को खुट्टा पनि काटिनवाट बचाइदिन अनुरोध गरेकी छन् ।
एक मानव भएको नाताले उपचार गर्ने पैसा नहुदा जिवन र मरणको बिचमा रहेका शेर बहादुरलाई सहयोगले आ आफ्नो तर्फवाट सहयोग गर्न अनुरोध छ ।