अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ४ मा निर्माणाधिन बुढीतोला भ्यू टावरको काम तिब्र गतिमा भैरहेको छ । संघिय सरकारको स्वीकृत कार्यक्रम अन्र्तगत प्रदेश सरकारको बजेटमा भ्यू टावरको काम तिब्र गतिमा भैरहेको हो ।
उपभोक्ता समिती मार्फत निर्माण भैरहेको भ्यू टावरको पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक बर्षमा स्वीकृत २५ लाख बजेटमा पहिलो तलाको काम सकिएर अहिले दोस्रा तलाको काम भैरहेको उपभोक्ता समितीका अध्यक्ष शेर बहादुर खत्रीले जानकारी दिए । अबको एक हप्ता भित्रै दोस्रो तलाको लेन्टर हाल्ने काम हुने उनले बताए ।
बहुबर्षिय योजना रहेको उक्त भ्यू टावर ३ तलाको बन्नेछ । भ्यू टावरको कुल लागत १ करोड ८० लाख रहेको अध्यक्ष खत्रीले बताए । भ्यू टावरसंगै नजिकै एउटा विश्राम स्थल , वरपर आकर्षक पार्क लगाएतका अन्य संरचनाहरु बनि बन्ने उनले बताए ।
राईवाट पहाड उक्लिने बित्तिकै निकै आनन्द आउने बुढीतोलामा भ्यू टावर बनेपछि त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुको घुईचो लाग्ने छ । भ्यू टावरवाट तराई र पहाडका साथै भारतका बिभिन्न रमणिय स्थलहरु देख्न सकिने अध्यक्ष खत्रीले बताए ।
भ्यू टावर बनेपछि यो ठाउँ पर्यटकहरुका लागि पहिलो रोजाई बन्ने छ किन भने यहाँवाट सबै तराई र पहाडका सबै रमणिय ठाउँहरुको अबलोकन गर्न सकिनेछ उनले भने यहाँवाट अपी हिमाल प्रष्ट देखिन्छ , त्यस्तै तराईको कैलाली , कञ्चनपुरसंगै बाके बर्दिया सम्मका रमणिय फाटँहरु देख्न सकिनेछ ।
यति मात्रै नभएर भारतको भारतको उत्तर प्रदेशका बिभिन्न स्थानहरुको अबलोकन गर्न सकिने उनले बताए । आगामी आर्थिक बर्षमा बाकिँ बजेट निकासा गरि कामलाई पूर्णता दिने गरि आफूहरुले काम गरिरहेको उनले बताएका छन् ।