कैलाली - अत्तरिया स्थित धनगढी रोडमा टेन्ट गाडेर एउटा सानो घर बनाइएको छ । त्यसको छेउमा ब्यानर लगाएका केही थान अटो रिक्सा र हाइस राखिएका छन् । ती अटो र हाइसमा लगाइएको ब्यानरमा लेखिएको आकस्मिक अटो÷ हाइस एम्बुलेन्स सेवा ।
ती अटो रिक्सा र हाइस दिनहुँ जसो कोरोना संक्रमित बिरामी र तिनका आफन्तहरुलाई आसार पसार गर्ने काम गर्दछन् ।
त्यो काम कुनै नगरपालिका वा प्रदेश र संघिय सरकारले गरिरहेको छैन । त्यो काम अत्तरियाका जुजारु युवाहरुको टिमले आफ्नो ज्यान जोखिममा राखेर गरिरहेका छन् ।
कोरोना भाईरसवाट संक्रमित र उनको आफन्तहरुलाई एम्बुलेन्स अभावका कारण भौतारिनु पर्ने बाध्यतालाई अन्त्य गर्नका लागि जिपि कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्र कैलालीले थालेको उक्त अभियान अहिले निकै प्रभावकारी बन्दै गएको छ ।
अहिले सो कार्यमा युवा समाजसेवी जिपि कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्र कैलालीका अध्यक्ष जगतराम महरा , उपाध्यक्ष राज भट्ट , महासचिब देवराज ओझा , रेडक्रस अत्तरिया उप शाखाका सचिब भरत खड्का , युवा समाजसेवी पुष्पराज भट्ट , तिर्थ उपाध्याय , राकेश सिंह , भुवन महरा , गोविन्द ओझा , ब्रिटेन बिष्ट , चेतन सापकोटा लगाएतका युवा टिम रात दिन खटिरहेको छ ।
यही जेठ ५ गतेवाट सुरु भएको उक्त अभियानमा अहिले सम्म यस क्षेत्रका थुप्रै कोरोना संक्रमित र तिनका आफन्तले सेवा लिइसकेका छन् ।
अहिले सम्म उक्त अभियानवाट कोरोनाका बिरामी र तिनका आफन्त गरी ४४ जनाले सेवा लिएको युवा समाजसेवी जिपि कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्र कैलालीका अध्यक्ष जगतराम महराले जानकारी दिए ।
निशुल्क रुपमा दिदै आएको उक्त सेवावाट अहिले धेरैले फोन गरेर आ आफ्नो समस्या बताएपछि बिरामीलाई अस्पतालमा पुञ्याउने देखी बिरामीको मृत्यु भएपछि अस्पतालमा अलपत्र परेका उनका आफन्तलाई घर सम्म पुञ्याउने काम गरिरहेको उनले बताए ।
"नयाँ भेरियन्ट सहितको संक्रमण फैलिएपछि कोरोनाको महामारी बढ्दो क्रममा रहेका बेला हामीले थालेको यस अभियानले धेरैलाई राहात पुगेको हामीले विश्वास गरेका छौ उनले भने - "धेरैले रुदै फोन गर्नुहुन्छ , कसैले अस्पताल पुगाइदिनुपञ्र्यो भन्नुहुन्छ कसैले आफन्तको मृत्युभएपछि कुनै गाडीले लिन नमान्दा घर पुगाइदिनुपञ्र्यो भनेर फोन गर्नुहुन्छ , हामी सकेसम्म सबैलाई सेवा दिनभरी आफुसंग भएका अटो एम्बुलेन्स पठाउछौ ।"
सुरुमा अटो मात्रै रहेकोमा पछि सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै अहिले एउटा हाइस पनि थप गरेको अध्यक्ष महराले बताए ।
कोरोनाको दोस्रो लहर तिब्र गतिमा बढ्दै जादाँ बिरामीलाई बोक्नका लागि समयमै एम्बुलेन्स नपाउदाँ अकालमै ज्यान गुमाउनुपर्ने अबस्था देखेपछि त्यसैलाई मध्यनजर गर्दै गोदावरी नगरपालिका क्षेत्र भित्रका बिरामीका लागि मध्यनजर गर्दै अटो एम्बुलेन्स सेवा सुभारम्भ गरिएको उनले बताए ।
"अहिले कोरोनाको महामारी निकै बढिरहेको छ यस्ता अबस्थामा जो सुकै बिरामीलाई पनि समयमै अस्पताल सम्म पुञ्याउन नसकिदा बिरामीले अकालमै ज्यान गुमाउनु पर्ने अबस्था देखेपनि हामीले यो काम सुरु गरेका हौ उनले भने - "हाम्रो यस कामलाई सबैले साथ सपोर्ट गर्नुभएको छ ।"
सबैलाई धेरै धेरै धन्यवाद दिन चहान्छौ । उनले आफुहरुको स्वास्थ्यलाई जोखिममा राखेर भएपनि यस क्षेत्रका न्यून आयस्तर भएका र एम्बुलेन्स नपाएको अबस्थामा अलपत्र परेकाहरुलाई सेवा दिन पाउँदा मन निकै खुसी भएको बताए ।
अझै पनि संक्रमणको जोखिम कायमै रहेकाले आफुहरुले यस अभियानलाई निरन्तरता दिदै जाने उनले बताए । सो अभियानलाई हरिप्रिया फाउण्डेसन , नेपाल रेडक्रस सोसाईटी अत्तरिया उप शाखा र केएफ फाउण्डेसनको सहकार्य रहेको छ ।