अत्तरिया - दाङ घर भएका महेश राज ओली कम्पनीको कामका लागि भनेर डेढ महिना पहिले सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ पुगे ।
निर्माण सम्बन्धि काम गर्ने उनले डेढ महिना सम्म बझाङमै काम गरे । काम बाकिँ रहदै चारै तिरवाट कोरोनाले गर्दा फेरि निषेधाज्ञा हुदैछ भन्ने हल्ला उनको कानमा सुनियो ।
तर कहाँ कहाँ हुन्छ कहिलेवाट हुन्छ भन्ने बिषयमा उनले कसैवाट पनि स्पष्ट जानकारी पाएनन् । उनले कैलाली कञ्चनपुरमा आज देखी लागु भएको निषेधाज्ञा भोली १७ गतेवाट हो भन्ने बुझे । १७ गते भए जसोतसो आफ्नो घर दाङ पुगिहालिन्छ भनेर उनी गएराति बझाङवाट हिडे ।
तर आज बिहान जब उनी अत्तरिया बसपार्कमा उत्रिए दाङ जाने गाडी खोज्न थाले नपाएपछि अनि उनलाई थाहा भयो कि निषेधाज्ञा आजदेखी रहेछ भनेर । उनी एक्लै थिएनन् उनको साथमा काम गर्ने दाङ घर भएका उनका अन्य सहकर्मी पनि थिए ।
उनी सहित उनको समुह अहिले अत्तरिया बजारमा अलपत्र परेको छ । उनी भन्छन् निषेधाज्ञाका बारेमा हामीले स्पष्ट रुपमा थाहा पाएनौ १५ गते राति हिडेपछि हामी १७ गते सम्म घर पुगिहाल्छौ भनेर आएका हौ ।
ओलीसंगै रहेको उनका सहकर्मी नरेन्द्र नेपालीले आफुहरुलाई निषेधाज्ञाका बारेमा कुनै जानकारी नहुदाँ अहिले अत्तरिया बजारमा पुगेर अलपत्र परेको बताए । उनले अब कसरी जाने के गर्ने भनेर सडको छेउमा कतै गाडीहरु पाइन्छन की भनेर कुरेर बसेको बताए ।
आजवाट नै निषेधाज्ञा हुन्छ भन्ने थाहा पाएको भए हामी आउने थिएनौ उनले भने तर के गर्नु हिजो उतावाट हिडिहाल्यौ अहिले यहाँ आएर अलपत्र बस्नुपरेको छ ।
यस्तै दिउसो १ बजेपछि मात्रै निषेधाज्ञा हो भन्ने लागेर टिकापुर जानका लागि अछामवाट आएका हिमाल बिष्ट पनि अहिले अत्तरियामा अलपत्र परेका छन् ।
दिउँसोसम्म घर पुगिहाल्छु भनेर गए राति नाईट गाडीमा अछामबाट हिडेको बताउदै उनले अहिले निषेधाज्ञाले अत्तरिया आएका अलपत्र बस्नुपरेको उनले दुखेसो छ ।
कोरोनाको संक्रमण र मृत्युदर बढ्दै गएका स्थानिय प्रशासनले आजवाट लागू हुने गरी कैलाली कञ्चनपुरमा निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा बारे स्पष्ट जानकारी नहुदाँ अहिले धेरै जसो सर्वसाधारणहरु अहिले अत्तरिया बजारमा अलपत्र परेका छन् ।