अत्तरिया - अत्तरिया उधोग वाणिज्य संघले सुदुरपश्चिमका नवनिर्वाचित पत्रकारहरुलाई स्वागत गरेको छ ।
व्यवसायीहरुको साझा संस्था उधोग वाणिज्य संघले गएको चैत्र २५ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा बिजयी पत्रकार महासंघ सुदूरपश्चिमका पदाधिकारीहरुलाई आज एक औपचारीक कार्यक्रमका टिका र खादा लगाएर स्वागत गरेको हो ।
अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाको सभापतित्वमा आयोजित स्वात तथा भेटघाट कार्यक्रममा नवनिर्वाचित नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावल प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष रावलले आफुलाई बिजयी गराउनमा पत्रकारसंग संगै उधोगी , ब्यबसायीहरुको ठूलो साथ रहेको बताए । उनले आफु उधोगी , ब्यवसायीसंग निकै नजिक रहेको र निर्वाचनको बेला सबैको महत्वपूर्ण साथ सहयोग पाएकोमा खुसी ब्यक्त गरे । लामो समयदेखी कैलालीको टिकापुरमा रहेर पत्रकारिता गर्दै आएका अध्यक्ष राबलले अबको पत्रकारीता अहिलेको जस्तो एकनाशको नहुने बताए ।
अबको ४÷५ बर्षमा अहिलेको जस्तो पत्रकारिता रहदैन उनले भने जो यस क्षेत्रमा आफु सक्षम भएर लाग्न सक्छ वा राम्रो गर्न सक्छ उही मात्र टिक्नेछ । उनले आफुले साना देखी ठूला ब्यापारी , ब्यवसायी र उधोगीहरुका पिडालाई नजिकवाट बुझेको बताए ।
पत्रकारिताको माध्यमवाट ब्यापारी , ब्यवसायी र उधोगीका पिडालाई राज्य समक्ष पुञ्याउन आफु निरन्तर लागि रहने उनले प्रतिबद्धता समेत जाहेर गरेका छन् ।
कार्यक्रममा बोल्दै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले पत्रकार महासंघमा भरखरै निर्वाचित पत्रकारहरुको निकै ब्यस्तताका बाबजुत पनि सम्पूर्ण उधोगी , ब्यापारी ,ब्यबसायीको तर्फवाट अत्तरियामा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।
उनले उधोगी , ब्यबसायीको क्षेत्रमा सधै कलम चलाउदै आएका पत्रकारहरुको नयाँ नेतृत्व प्रदेशमा आएकाले आफुहरुलाई अझै ठूलो आशा पलाएको बताए । उनले कार्यक्रममा सहभागी सुदूरपश्चिमका नवनिर्वाचित पदाधिकारीहरुलाई पत्रकारिताको माध्यामवाट सुदूरपश्चिमको औद्योगीक एवम् पर्यटकीय विकासमा ध्यान दिन आग्रह गरे ।
सुदूरपश्चिममा धेरै उधोगी , ब्यबसायीहरु भित्रिन चहान्छन् नयाँ नयाँ उधोगधन्दा , कलकारखाना खोल्न चहान्छन् तर यहाँ लगानीमैत्री वातावरण छैन उनले भने सबै भन्दा पहिले सरकारले लगानीकर्ताको सुरक्षाको ग्यारेन्टी लिनुपर्छ अनि मात्रै ति ब्यबसायी ढुक्कका साथ लगानी गर्नेछन् ।
उनले राज्य संचालनमा ७० प्रतिशत लगानी निजि क्षेत्रको भएपनि निजि क्षेत्रका लागि भने सरकारले सामान्य सुरक्षा समेत दिन नसकेको दुखेसो पोखे । अब यसका लागि कलमको माध्यामवाट राज्यको ध्यानकार्षण गराउन नवनिर्वाचित पदाधिकारीहरुलाई अध्यक्ष देवकोटाले आग्रह गरे ।
उनले गोदावरीलाई सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी घोषणा गरेको लामो समय भैक्दा पनि यसको कार्यन्व्यनमा प्रदेश सरकारले कुनै कदम नचालेकाले यस तर्फपनि सबैको ध्यान जानुपर्ने बताएका छन् ।
यस्तै सोही कार्यक्रममा गोदावरी पत्रकार मञ्च अत्तरियाका नवनिर्वाचित पदाधिकारीहरुलाई पनि उधोग वाणिज्य संघले स्वागत गरेको छ ।
कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष बसन्त रोकाया, नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका उपाध्यक्ष योगेन्द्र बलायर, महासचिव राम सिँह ठगुन्ना, सचिव हरि जोशी, महिला उपाध्यक्ष रेणुका कार्की, महासंघका कंचनपुर अध्यक्ष माधव सिँह धामी, सचिव राजेन्द्र अवस्थी, प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बम , प्रेस युनियन कञ्चनपुरका अध्यक्ष अमर बहादुर चन्द, गोदावरी पत्रकार मञ्चका अध्यक्ष हेमराज भट्ट , उपाध्यक्ष अनिल पन्त , कोषाध्यक्ष करिश्मा सिंह , सदस्य गोपाल जोशी लगाएत अत्तरिया उद्योग वाणिज्य संघका पदाधिकारीहरुको सहभागीता रहेको थियो । संघका उपाध्यक्ष कमल कडायतले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन महासचिव यज्ञराज जोशीले गर्नुभएको थियो ।