अत्तरिया - कैलालीको अत्तरियामा रहेको अत्तरिया जुनियर जेसिज बर्ष २०२१ को भित्ते पात्रो बिमोचन गरिएको छ । अत्तरिया जुनियर जेसिज बर्ष २०२१ का अध्यक्ष राज भट्टको सभापतित्वमा आयोजिक एक कार्यक्रमका बिच प्रमुख अतिथी नेपाल चिकित्सक संघका पूर्व महानिर्देशक डा. लक्ष्मीराज पाठकले भित्ते पात्रो बिमोचन गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी डा. लक्ष्मीराज पाठकले जुनियर जेसिजले नयाँ बर्षको पहिलो दिनमा बर्षभरिका लागि निकै महत्वपूर्ण रहेको भित्ते पात्रो बिमोचन गरेकोमा धन्यवाद दिए ।
उनले कुनै पनि नयाँ काम गर्दा बिभिन्न खालका बाधा अड्चनहरु आउने भएकाले त्यसलाई सहज रुपमा समाधान गर्दै अगाडी बढेमा अवश्य पनि सफलता प्राप्त गर्न सकिने बताए ।
उनले समाजमा सामाजिक कार्य संगसंगै युवा युवतीहरुलाई गलत बाटोमा जान रोकि सकारात्मक सन्देश प्रवाह गर्न जेसिजले महत्वपूर्ण भूमिका खेलिरहेको बताए । उनले समय नै सबैभन्दा बलबान भएकाले सही समयमा आफुलाई सही तरिकाले मार्गदर्शक गर्दै जानुपर्ने बताएका छन् ।
कार्यक्रममा अत्तरिया जुनियर जेसिज बर्ष २०२१ का अध्यक्ष राज भट्टले जुनियर जेसिजले गत बर्ष नै भित्ते पात्रो प्रकाशन गर्ने योजना बनाएपनि कोरोना महामारी र सरकारले गरेको लकडाउनका कारण हुन नसकेको बताए ।
उनले गत बर्षको योजनालाई निरन्तरता दिनका लागि आफु र आफ्नो टिमले भित्ते पात्रो प्रकाशन गरेको बताए । भित्ते पात्रोका लागि सहयोग गर्ने सम्पूर्ण बिज्ञापनदाता संगै सहयोगीहरुलाई उनले धन्यवाद दिएका छन् ।
भित्ते पात्रो बिमोचन तथा नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा अत्तरिया जेसिजका अध्यक्ष पदमराज ओझा , जुनियर जेसिजका पूर्व अध्यक्षद्धय लोकराज पाण्डे आगो , भरत खड्का , जुनियर जेसिजका संस्थापक रोशन खड्का , जिपी कोईराला सम्बद्धन केन्द्र कैलालीका अध्यक्ष जगतराम महरा लगाएको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले नयाँ बर्ष २०७८ साललाई एक आपसमा शुभकामना आदानप्रदान गर्दै स्वागत गरेका छन् ।
गणेश भट्टको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन जुनियर जेसिजकी महासचिब जानुका बोहराले गरेकी थिइन् ।