अत्तरिया - कैलालीको अत्तरिया बजार आसपास मुख्य राजमार्गमै रहेका स साना पुलमा दुर्घटनाको जोखिम बढ्दो रहेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्र्तगत महेन्द्रनगर रोडको रहेको जनता बजार अगाडी , पूर्व रोडमा सशस्त्र प्रहरीको बहिनी नजिक र पहाड रोडमा खानेपानी नजिक रहेको तीन ओटा साना पुलहरु साधुरो हुदाँ दुर्घटनाको जोखिम बढ्दो रहेको हो ।
सडक दुई लेनवाट ४ लेनमा फराकिलो पारिएपनि पुल भने दुई लेनकै हुदाँ दुर्घटनाको जोखिम निकै बढ्दो रहेको अत्तरियाका स्थानियहरुले बताएका छन् ।
पुलको छेउछाउमा न कुनै संकेत दिइएको छ न त वरपर वाल राखिएको छ । केही दिन पहिले मात्रै महेन्द्रनगर रोडमा रहेको पुलमा अत्तरियवाट महेन्द्रनगर तर्फ जादै गरेको मोटससाईकल तल खस्दा एक जना घाईते भएका थिए । साझँको समयमा पुलवाट मोटससाईकल सहित तल खसेका ती पुरुषलाई स्थानियहरुले उद्धार गरी निकालेका थिए ।
यस्तै केही महिना पनि पूर्वरोडमा रहेको पुलमा पनि कार तल सकेको थियो । अहिले सो पुलको वरपर ड्रमहरु राखिएका छन् । दैनिक सयौ सवारी साधन र मानिसहरुको आवतजावत हुने मुख्य राजमार्गमा रहेको पुलहरु निकै साधुरो हुदाँ दुर्घटनाको जोखिम बढ्दो रहेको स्थानिय मणिदत्त पाण्डेले बताए । उनले पुलको छेउछाउमा रहेका वालहरु भत्किएको र आसपास कुनै पनि संकेत नहुदाँ कुनै पनि समयमा ठूलो दुर्घटना हुन सक्ने बताए ।
"दिउसो समयमा जसरी तसरी बच्न सकिएला र रातिको बेला निकै ब्यस्त हुने सडकमा कति बेला के हुन्छ भन्न सकिन्न उनले भने त्यसैले यस तर्फ सम्बन्धित निकायले ध्यान दिन एकदमै जरुरी छ ।"
सडकमा हिड्दै गरेको यात्रु पनि चिप्लिएर खस्ने डर रहेकाले यस तर्फ सम्बन्धित स्थानिय सरकार , सडक डिभिजन कार्यलय र ट्राफिक प्रहरीले ध्यान दिनुपर्ने उनको भनाई छ ।