अत्तरिया - कैलालीको अत्तरियामा रहेको गोदावरी चेम्बर अफ कमर्श देशभरकै उत्कृष्ट शाखाका रुपमा सम्मानित भएको छ ।
गोदावरी चेम्बर अफ कमर्शले संस्थाको उध्ेश्य अनुसार कैलाली जिल्लाभरि खेलेको भूमिकाको उच्च मूल्याङकन गर्दै देशभरकै उत्कृष्ट शाखासंगै देशकै उत्कृष्ट एकमात्र नगर चेम्बरको रुपमा सम्मानित भएको हो ।
’बिहीबार नेपाल चेम्बर अफ कर्मशको ७० औ साधारण सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरी चेम्बर अफ कमर्शका अध्यक्ष बिनोद मल्ललाई कदर पत्र सहित सम्मान गरेका थिए ।
एसियामै पहिलो पटक आयोजित (द कर्णाली अन्डर्फुल अव डे ) साहासिक जलयात्रा , सम्द्धधन गोदावरी कार्यक्रम , सम्द्धध व्यवसायी , नेपाल सरकारको राजस्व परामर्स समितिलाई साना घरेलु तथा मझौला उधोगको बारेमा खेलेको भुमिका , समय समय आयोजना गरिने आखा सिविर स्वास्थ सिविर , कैलाली कन्चनपुरमा आएको विनाशकारी हावा हुरिको समयमा खेलेको भुमिका , कोरोना महामारीका बेला तिनै तहका सरकारसंग समन्वय गरि राहातमा ठुलो योगदान , नेपाल भारतका व्यापारीहरुसंग व्यवसायीक , पर्यटन र सस्कृतिक आदान प्रदान कार्यक्रम गरे वाफत त्यसको उच्च मूल्याङकन गर्दै गोदावी चेम्बर नेपाल चेम्बर अफ कर्मश अन्र्तगत देशभरकै उत्कृष्ट शाखा र नगरको पहिलोको चेम्बरका रुपमा सम्मानित भएको हो ।
सबैका साथ सहयोग र मेहनतले गर्दा नै आज गोदावरी चेम्बर देशभरको उत्कृष्ट शाखा र नगर चेम्बरमा पहिलो भएको भन्दै गोदावरी चेम्बर अफ कमर्शका अध्यक्ष बिनोद मल्लले खुसी ब्यक्त गरे ।
उनले ब्यापारी , ब्यवसायीका हकहितका साथ साथै समाजिक कार्यमा गोदावरी चेम्बर अफ कमर्श कहिले पछि नहट्ने बताए ।
आफुहरुको कार्यको मूल्याङकन गर्दै गरिएको सम्मान प्रति चेम्बर अफ कमर्शलाई धन्यवाद दिदै अध्यक्ष मल्लले सम्पूर्ण गोदावरी चेम्वर परिवारलाई हार्दिक वधाई समेत दिएका छन् ।