अत्तरिया - नेपाली बिधार्थी संघका युवा नेता तथा युवा समाजसेवी जगतराम महरा जिपि कोईराला लोकतन्त्र सम्बद्र्धन केन्द्र कैलालीको अध्यक्षमा मनोनित भएका छन ।
नेपालको लोकतान्त्रिक आन्दोलनलाई मुर्तरुप दिई संसदीय व्यवस्था, संबैधानिक सर्वोच्चता, विधिको शासन मार्फत लोकतान्त्रीक जीवनशैली निर्माणमा योगदान पु¥याएको भन्दै कोईरालाको नाममा स्थापित केन्द्रको जिल्ला अध्यक्षमा महरा मनोनित भएका हुन ।
सामाजिक विशिष्टता र स्थानीय आवश्यकतालाई मध्यनगर गरी प्रबुद्ध बुद्धिजीवि, सामाजिक अभियान्ता, लोकतन्त्र र विकासलाई सर्वोपरी मान्ने व्यक्तित्वहरुसंगको छलफल, परमर्श गरी आफ्नो मातहतका समितिलाई पूर्णता दिने गरी महरालाई जिल्ला अध्यक्षको जिम्मेबारी दिईएको केन्द्रिय महासचिव विपिन अधिकारीले जानकारी दिए ।
आफुलाई योग्य ठानेर जिल्ला अध्यक्षको जिम्मेवारी दिएको भन्दै महराले जिपि कोईराला लोकतन्त्र सम्बद्र्धन केन्द्र परिवारलाई धन्यवाद दिएका छन् । उनले आफुले पाएको जिम्मेवारी केन्द्रको लक्ष्य र उद्देश्य अनुसार कुलशता पूर्वक निवाह गर्ने बताएका छन् । केन्द्रसंग आवश्यक छलफल र समन्व्य गरी आफ्नो मातहतको समितीलाई पूर्णता दिने महराको भनाई छ ।
महरा लामो समयदेखी बिधार्थी राजनिति संगै सामाजिक कार्यमा अग्रसर रहदै आएका छन् । शान्ति नायक गिरीजा प्रसाद कोईरालाको बिचार अनुशरण गर्दै भावि पुस्तालाई योजना, निती र कार्यान्वयनमा सुदृढ र सार्थक बनाउने उद्देश्का साथ केन्द्रको स्थापना गरिएको केन्द्रिय अध्यक्ष बलदेव तिमल्सिेनाले बताए ।
यसको संरक्षक काग्रेस नेता कृष्ण प्रसाद सिटौला रहेका छन् भने सल्लाहकारमा काग्रेस नेताहरु गगन कुमार थापा , प्रदिन पौडेल , प्रा.डा विधानाथ कोइराला , प्रा.डा विपिन अधिकारी र डा. विश्व पौडेल रहेका छन् ।