अत्तरिया - कैलालीको अत्तरिया बजार पछिल्लो समय लागूऔषध कोरोबार र ओसारपसारको 'ट्रान्जिट पोइन्ट' बन्दै गएको छ । सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लालाई जोड्ने मुख्य केन्द्र बिन्दु रहेको अत्तरिया बजार अहिले लागुऔषध चरेशको कोरोबार र ओसार पसारको 'ट्रान्जिट पोइन्ट' बन्दै गएको हो ।
प्रदेशको स्थायी राजधानी तोकिएसंगै सबैको ध्यान केन्द्रित भएको अत्तरिया बजारका बिभिन्न होटलमा यसको बिक्रि बितरण भैरहेको भन्ने सुचनाको आधारमा अहिले प्रहरीले धमाधम पक्राउ समेत गर्न थालेको छ । पछिल्लो एक हप्तामा मात्रै अत्तरियाका दुईवटा होटलवाट झण्डै ९ किलो चरेश सहित होटलका संचालक पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको न्यु जानकी होटलका सञ्चालक बल बहादुर धामीलाई ७ किलो चरेश सहित यही सोमवार प्रहरीले पक्राउ गरेको हो । बेलुका अन्दाजी ५ बजेको समयमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपालय र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा होटलको कोठाबाट ७ किलो चरेश फेलापारी बरामद गरेको थियो ।
पक्राउ परेका धामी माथि लागुऔषध शिर्षक मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । त्यसको ठिक एक हप्ता अगाडी पुस १३ गते अत्तरियाकै पहाड रोडमा रहेको सुमन होटलवाट लागु औषध चरेशको कारोबार गरी रहेको अवस्थामा हाटेलका संचालक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा होटलका संचालक बर्ष २९ का ओम बहादुर सिंह र बैतडीको पुर्चुडी नगरपालीका वडा नम्बर ७ बस्ने बर्ष २५ का महेश साउँद रहेका छन् । प्रहरीले उनीहरुको साथवाट १ किलो ८ सय ५० ग्राम लागु औषध चरेश र सैतिस हजार पाँच सय नगद फेला पारी बरामद गरेको छ ।
यस्तै हिजो मंगलबार अत्तरिया बसपार्कवाट लागु औषध सहित ३ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गोदावरी नगरपालिका २ अत्तरियाका १९ वर्षीय भुवन ऐर, १९ वर्षकै रोहित बलायर र कृष्णपुर नगरपालिका ५ का १९ वर्षकै नविनजंग राणा ९कुँवर० रहेको छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीवाट खटिएको प्रहरी टोलीले शंकाको आधारमा चेकजाँच गर्दा ३ जनालाई अत्तरिया बस पार्कवाट पक्राउ गरिएको हो ।
उनीहरुको साथवाट नाईट्रो भ्याट १० लेखेको १ सय ४ टयाब्लेट बरामद गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । लागू औषको कारोवार र ओसारपसार मात्र नभएर अत्तरियाबाट चितुवाको छाला र हड्डी सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
यही पुस १० गते अत्तरिया बजारमा चितुवाको छाला र हड्डी कारोबार भईरहेको भन्ने सुचनाको आधारमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिप्रका कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यसरी मौलाउदै गएको लागूऔषको कारोवार र ओसारपसारले आफ्ना छोराछोरीको भबिष्य के हुने भन्नेमा नगरबासीहरु निकै चिन्तित भएको छन् ।
उनीहरुले प्रहरीले यसमा थप सर्तकता अपनाएर सबैभन्दा पहिला यस्ता बिकृति बिसंगतिहरुलाई रोक्न माग गरेका छन् ।
यता ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक प्रेम शाहीले प्रहरीले सक्रियता बढाएसंग लागूऔधषको कारोबारमा संलग्नहरु पक्राउ पर्न थालेको बताए । उनले यसमा अझै प्रहरीले निगरानी बढाएकाको यस्तो अबैधानिक काममा संलग्नहरुलाई पक्राृ गर्दै कारबाही गरिने बताए ।