शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि प्रख्यात छ।
शान्त वातावरण, प्रशस्त घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तु र वनस्पति वन्य जन्तु हेर्न मिल्ने भएकाले यहाँ भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किलोमिटरको दुरीमा शुक्लाफाँटमा घासे मैदान (फाँट)छ। जुन फाँटमा एकै पटक सयौँ बाह्रसिङ्गाको झुण्ड देख्न सकिन्छ। फाँटाको विशाल घाँसे मैदानमा मयुर नाचेको दृश्य , पाठेबाघ र गैँडा देख्न सकिन्छ।
शुक्लाफाँटा घुम्ने मुख्य याम फागुनदेखि असारसम्म हो। बसन्त ऋतुमा त शुक्लाफाँटामा पूmलने रङ्गीविरङ्गी पूmलहरु र निकुञ्जभित्र अन्य थुप्रै साना–ठूला धेरै फाँटामा विभिन्न प्रजातीका चराचुरुङ्गी देख्न पाइन्छ।
निकुञ्जको पुर्वीसेक्टरमा हिरापुर फाँटा छ त्यहाँ कृष्णसार संरक्षण गरिएको छ। शुक्लाफाँटाभित्रै रानी ताल छ। त्यहाँ रानी ताल सँगसँगै अन्य स–साना ताल पनि छन्। त्यहाँ प्रशस्त रुपमा गोही र चराचुरङ्गी देख्न पाइन्छ।
विगतको तुलनामा अझै बढ्ने अनुमान गरेका छौँ।’ उनका अनुसार सन् २०२३ मा गड्डाचौकीनाका भएर ९८३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए। त्यसैगरी सन् २०२४ मा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या बढेको छ।
सन् २०२४ मा एक हजार १५४ जना विदेशी पर्यटक यो नाका भएर नेपाल आएका छन्। सन् २०२५ को हालसम्म ४५९ विदेशी पर्यटक नेपाल आएका छन्। यस वर्ष मार्चमा मात्रै २८९ जना नेपालप्रवेश गरेका छन्।
गड्डाचौकी नाकाबाट भित्रिने पर्यटक पोखरा, बर्दिया, चितवन, लुम्बिनीलगायत ठाउँ घुम्नका लागि जाने गरेका छन्। यो नाकाबाट फ्रान्स, इटाली, स्पेन, कोरिया, जर्मन, अष्ट्रेलिया, रसिया, युके, युएसए, अर्जेन्टिनालगायत देशका नागरिक आउने गरेका छन्।
कोरोना महामारीका कारण सुनशान बनेको पर्यटकीय क्षेत्र पुनःचहलपहल हुन थालेको छ। शुक्लाफाँटा राष्ट्रय निकुञ्जमा आर्थिक वर्ष ०७७/७८ मा दुई हजार ९३५ पर्यटकले भ्रमण गरेका थिए। जसमा सार्क मुलुकका पाँच जना र विदेशी तीन जना मात्रै थिए । आर्थिक वर्ष ०७८ /७९ मा दुई हजार ७२९ जनाले निकुञ्ज भ्रमण गरेकोमा सार्क मुलुकका १०५जना र विदेशी ४०५ जना रहेका थिए।
त्यसैगरी आर्थिक वर्ष ०७९/८०मा तीन हजार ५५७ जनाले निकुञ्ज भ्रमण गरेका थिए। जसमा सार्क मुलुकका १५८ र विदेशी १२१ जनाले निकुञ्ज अवलोकन गरेका थिए। त्यसैगरी आर्थिक वर्ष २०८०/८१मा चार हजार २९४ जनापर्यटकले निकुञ्ज भ्रमण गरेका छन्।
जसमा सार्क मुलुकका १३७ पर्यटक रहेका छन् भने विदेशी १४३ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। रासस