काठमाडौँ- नेपाल एसीसी एसिया कपका लागि छनोट भएको छ । त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कपको फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा स्थान बनाएको हो ।
नेपालले अब पाकिस्तानले आयोजना गर्ने एसिया कप खेल्नेछ । एसिया कपमा नेपालले पाकिस्तान र भारतको समूहमा रहेर खेल्नेछ । अब नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न पाउनेछ ।
यूएईविरुद्ध जितका लागि चाहिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपाललाई जित दिलाउन गुल्सन झाले ६७ रन तथा भिम शार्कीले ३६ रन बनाए ।