बझाङ - बझाङमा ट्रक र विपरित दिशाबाट आइरहेको बाइक एकआपसमा ठोक्किदा दुर्घटना भएको छ।जिल्लाको वित्थडचिर गाउँपालिका–९ सुनकुडा बजार नजिकै दुर्घटना भएको हो।
बाक्थलाबाट डडेल्धुरा गइरहेको भे ख ३६९१ नम्बरको ट्रकले विपरित दिशाबाट आइरहेको सु.प प्र ०१००१ ब १४२५ नम्बरबरको बाइकलाई ठक्कर दिदा दुई जना घाइते भएका छन्।
घाइते हुनेमा बाइक चालक दुर्गाथलिका २५ वर्षीय यज्ञराज धामी र शिवराज ओखेडा घाइते भएका छन्। घाइते दुबैजनाको स्थानीय स्वास्थ्यचौकिम उपचार भइरहेको छ।
ट्रक चालक बैतडिको शिगास गाउँपालिका–९ का २९ वर्षीय तपेन्द्र चन्दलाई प्रहरीले नियन्त्रणम लिएको जनाएको छ।