अत्तरिया - कैलालीको गोदावरी नगरपालिका – १२ ले १ करोड बढीका योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले सोमबार आयोजना गरेको वडा भेलामा १ करोड ९ लाख ५२१ रुपैयाँको योजना तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
वडा अध्यक्ष भीम बहादुर खड्काले नगरले पठाएको बजेट सिलिङका आधारमा योजना तथा कार्यक्रम तयार गरिएको बताए । उनले नगरबाट प्र्राप्त बजेटमध्ये समानिकरण तर्फ ८० लाख र शुत्रमा आधारित बजेट २१ लाख ९९ हजार ५२१ रहेको बताए ।
वडा अध्यक्ष खड्काको सभापतित्वमा भएको वडा भेला कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए ।