अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं. १० ले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । आईतबार आयोजित वडाको सातौँ वडा भेलामा वडासचिव हिक्मत साउँदले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि योजना तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
आगामी आर्थिक वर्षका लागि वडाले ९४ लाख १५ हजार ७ सय १५ रुपैयाको बजेट सार्वजनिक गरेको छ ।
वडासचिव साउँदले नगरले पठाएको बजेट सिलिङको आधारमा वडामा माग भई आएका योजनाहरु प्राथमिकतामा राखिएको बताएका छन् ।
उनले नगरबाट वडाको लागि छुट्याईएको बजेटमध्ये सबैभन्दा बढी भौतिक पुर्वाधार विकासतर्फ विनियोजन गरिएको बताए ।