अत्तरिया - गोदावरी नगरपालिका वडा नम्बर २ ले आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट सार्बजनिक गरेको छ । वडा कार्यालयमा एक कार्यक्रम को आयोजना गरी १ करोड १० लाख ३७ हजार ७५२ रुपैयाँ को बजेट सार्बजनिक गरेको हो ।
जस अनुसार नगरपालिका को सिलिङ अनुसार समानिकरण तर्फ ८० लाख र सुत्रमा आधारित ३०लाख ३७ रुपैयाँ बजेट रहेको छ । वडाले कुल बजेट को ६०% भौतिक पुर्बाधार तर्फ , सामाजिक बिकास तर्फ १९%, आर्थिक बिकास तर्फ ८% छुट्याइएको छ ।
यस्तै बाताबरण र बिपत ब्यबस्थापन तर्फ ६% र शुसासन र संस्थागत बिकास तर्फ ६% बजेट छुट्याइएको वडा अध्यक्ष यज्ञ महराले बताए ।
बजेट सार्बजनिक कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्ट , उपमेयर शारदा देबी रोकाया , नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत वसन्त कुमार खत्री ,विभिन्न वडाका वडा अध्यक्ष , वडा नम्बर २ का जनप्रतिनिधि , स्थानीय संघ संस्थाका प्रतिनिधि र स्थानीयहरु को सहभागीता रहेको थियो ।