कैलाली - ग्लोबल आईएमई बैंकले वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरेको छ । बैंकको अत्तरिया शाखाले वित्तिय साक्षरता तथा डिजिटल बैङ्किङ सम्बन्धी कार्यक्रम गरेको हो ।
बैंकका सेवाग्राही तथा ग्राहकलाई प्रविधिमैत्री बनाउन र नगद रहित कारोबारका लागि प्रोत्साहित गर्न साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरिएको बैंकका अत्तरिया शाखा प्रमुख भुवन प्रसाद भट्टले जानकारी दिए । उनका अनुसार बैंक को सेवा सुबिधा अब प्रबिधी मैत्री भएकाले बैंकमा नै आउनु न पर्ने गरी प्रबिधी को भरपुर प्रयोग गर्न सेवाग्राहीलाई सुझाब दिइएको हो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७७ वटा जिल्लामा फैलिएको २ सय ८९ शाखा सञ्जाल सहित २ सय ७१ एटिएम, ५२ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २ सय ७५ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि- सम्पर्क कार्यालय मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ ।
कार्यक्रममा बैंकका झन्डै १२५ सेवाग्राहीहरुको सहभागिता रहेको थियो ।