काठमाडौँ - नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य मंगलबार २ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघको अनुसार मंगलबार छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा खरिद विक्रि भैरहेको छ ।
यसैगरी, चाँदीको मुल्य भने मंगलबार स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।