काठमाडौं - नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा २ सयले घटेर प्रतितोला ८८ हजार ९ सयमा कारोबार भइरहेको छ ।यसअघि आइतबार छापावाला सुन तोला ८९ हजार ९ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रहेको छ ।त्यसैगरी सोमबार चाँदीको मूल्य तोलामा १५ रुपैयाले घटेर प्रतितोला ११३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।