धनगढी – काठमाण्डौंमा गरिएको परिक्षणका सुदूरपश्चिमका थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाण्डौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कैलालीका १ , डडेल्धुराका १२, बैतडीका १८, डोटीका ६१ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै शिक्षण अस्पताल महाराजगञ्जमा भएको परीक्षणमा कैलालीका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन जानकारी दिईएको छ ।
यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ सय ६४ पुगेको छ ।