धनगढी - कैलालीको जानकीमा लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको जानकी गाउँपालिका–२ कटघरका २१ वर्षीय दिपेश चन्द रहेका छन् ।
उनी भारतबाट नेपाल आइरहेका बेला चेकजाँच गर्दा दाहिने खुट्टाको जुत्ताभित्र लुकाई छिपाई ल्याइरहेको अवस्थामा टीकापुर नगरपालिका –९ मा पक्राउ परेका हुन् । उनको साथबाट ५ ग्राम लागुऔषध बरामद गरिएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।