अत्तरिया -नेपाली कांग्रेसले बनको जग्गामा कार्यालय बनाउन शुरु गरेको छ । गोदावरी -१ मा रहेको सुरक्षा महिला सामुदायिक बनको खाली भागमा क्षेत्र न-४ को क्षेत्रीय पार्टी कार्यालय बि. पि. स्मृति भवन बनाउन शुरु गरेको हो ।
भबनको क्षेत्र नम्बर ४ का सांसद बिर बहादुर बलायरले शिलान्यास गरेका छन । कांग्रेस प्रदेश सभापती समेत रहेका बलायरले मंगलबार शिलान्यास गरेका हुन । सो अबसरमा गोदावरीका मेयर लगाएतका जनप्रतिनिधी र बनकी अध्यक्ष लक्ष्मी भण्डारी समेत सहभागी रहेकी थिइन् ।
भबन शिलान्यासको तस्बिर सार्बजनिक भएपछि सो कार्यको सामाजिक सन्जालमा चर्को आलोचना हुन थालेको छ । बन नै अतिक्रमण गरेर पार्टी कार्यालय बनाउन नहुने सामाजिक सन्जाल प्रयोगकर्ताहरुको सुझाब रहेको छ । जनप्रतिनिधीहरुले नै यसरी बन अतिक्रमण गर्ने कार्यलाई प्रोत्साहान गरेपछि शुकुम्बासीलाई हटाउने कार्यको कुनै अर्थ नहुने उनिहरुको भनाई छ ।
गोदावरीमा प्रतिपक्ष दल नेकपा एमालेले पनि यस कार्यको बिरोध गरेको छ । गोदावरी नगरकमिटीका अध्यक्ष गोकर्ण भट्टले जनप्रतीनिधीहरुबाट नै बन मिचेर पार्टी कार्यालय बनाउने कुरा गलत भएको बताए ।
उनले शुकुम्बासीको घरमा डोजर लगाउने अनी बनमा पार्टी कार्यालय बनाउने कुरा जायज नभएको बताए । बन कार्यालयले तत्काल पार्टी कार्यालयको संरचना बनाउन दिन नहुने उनको भनाई रहेको छ ।