Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
मंगलबार, जेठ २३, २०८०
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
समाज
  • गृहपृष्ठ
  • समाचार
  • मेलामाथि निर्भर कञ्चनपुरको पुरानो ऐतिहासिक ब्रह्मदेव बजार
मेलामाथि निर्भर कञ्चनपुरको पुरानो ऐतिहासिक ब्रह्मदेव बजार
64x64
बिहिबार, चैत १६, २०७९ गोदावरी न्युज
मेलामाथि निर्भर कञ्चनपुरको पुरानो ऐतिहासिक ब्रह्मदेव बजार

कञ्चनपुर -  कुनैबेला मालसामान किन्नेको भीड लाग्ने कञ्चनपुरको पुरानो ऐतिहासिक ब्रह्मदेव बजार अहिले पूर्णागिरिमा लाग्ने मेलामा आश्रीत छ ।

भारतको उत्तराखण्डस्थित पूर्णागिरि माताको दर्शन गरेपछि  कञ्चनपुरको ब्रह्मदेवस्थित सिद्धबाबाको मन्दिरमा अनिवार्य दर्शन गर्नुपर्ने हुन्छ । पूर्णागिरि दर्शन गर्न आउने हरेक दर्शनार्थी बह्मदेव बजार पुग्छन । फागु पूर्णिमादेखि असार पूर्णिमासम्म तीन महिना लाग्ने पूर्णागिरि मेलाको समय यहाँका एउटै व्यापारीले लाखौँको कारोबार गर्ने गरेका छन् । तर मेला बाहेकको समयमा भने यो बजार सुनसान रहने यहाँका व्यवसायी बताउँछन् । 

“तीन महिना मेलाको आम्दानीले हामीले वर्षभरि चल्नुपर्छ”, स्थानीय व्यवसायी विरबहादुर खड्काले भने, “अन्य समयमा यहाँको व्यापार व्यवसाय प्रायः शून्य नै हुन्छ ।” मेलाको समयमा मात्रै यहाँ व्यापार फष्टाउँछ । 
    
विगतको तुलनामा अहिले यहाँको व्यापार व्यवसाय घट्दै गएको ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्तले बताए । “अहिले विगतको जस्तो कारोबार हुँदैन । यहाँ पाइने सामान भारतमा सहजै पाइन थाल्यो”, उनले भने, “पछिल्लो सयम मेलाकै कारण हाम्रो व्यापार टिकेको छ ।” मेलामा चल्ने पूजा सामग्रीको अत्यधिक व्यापार हुन्छ । विगतमा जुत्ता, चप्पल र चिनियाँ सामग्रीको माग धेरै हुन्थ्यो । अहिले ती सामान भारतमै पाइन थालेपछि यहाँ व्यापार कम भएको हो ।
    
महाकाली नदीको पारीपट्टिको डाँडामा भारततर्फ पूर्णागिरि र वारी नेपालतर्फ सिद्धबाबाको मन्दिर छ । माताको दर्शन गरेपछि सिद्धबाबाको दर्शन अनिवार्य गर्नुपर्ने र अनी मात्रै मनोकांक्षा पूरा हुने जनविश्वास रहेका कारण पूर्णगिरि मेला सुरु भएपछि यहाँको सिद्धबाबा मन्दिरमा पनि चहलपहल बढ्छ ।

सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण महताले भारतको उत्तराखण्ड र उत्तरप्रदेशसँगै दिल्लीलगायत क्षेत्रबाट ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेका बताए । भारतको टनकपुर उत्तरतर्फको चुरेको डाँडामा पूर्णागिरि माताको मन्दिर छ  । ठीक वारी नेपालतर्फ खल्ला मसेट्टी, बह्मदेव र महेन्द्रनगरमा सिद्धबाबाको मन्दिर छ  । कञ्चनपुर, कैलालीलगायत जिल्लाबाट ठूलो सङ्ख्यामा दर्शनार्थी यहाँ आउने गरेका छन् । 

पूर्णागिरि मेला अवधिमा कञ्चनपुरको सीमावर्ती सहर बह्मदेव र महेन्द्रनगर बजारमा चहलपहल बढ्छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले भारतमा लाग्ने मेलाले सीमावर्ती बजारमा आर्थिक गतिविधि बढेको बताए । 
    
“तीन महिनासम्म सञ्चालन हुने यो मेलाले यहाँको व्यवसाय तङ्ग्रिएको छ”, उनले भने, “यसले दुई देशका नागरिकबीच सद्भाव बढाउनुका साथै पर्यटनमा समेत टेवा पुगेको छ ।” 

सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महताले दर्शनार्थीको भेटीबाट करिब रु ५० लाख आम्दानी हुने गरेको बताए । उनले भने, “भेटीबाट आएको रकम सामाजिक कार्यमा खर्च गर्छौं ।” यहाँस्थित दुई विद्यालयका निजी स्रोतमा भर्ना गरिएका शिक्षकको तलब मन्दिरकै भेटीबाट दिने गरेको उनले बताए ।  रासस 


प्रकाशित मिति: बिहिबार, चैत १६, २०७९, ०९:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
ताजा समाचार
 नेपालमा ११ जना कोरोनाका संक्रमित थपिए  नेपालमा ११ जना कोरोनाका संक्रमित थपिए मंगलबार, जेठ २३, २०८०
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीका बिधार्थी सडकमा
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीका बिधार्थी सडकमा
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन
खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
विश्व/प्रबास
आज पृथ्वीबाट हरित रङ्गको पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने
आज पृथ्वीबाट हरित रङ्गको पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने गोदावरी न्युज
२०२२ लाई बिदाई गर्दै आजदेखि नयाँ वर्ष २०२३ सुरू
२०२२ लाई बिदाई गर्दै आजदेखि नयाँ वर्ष २०२३ सुरू गोदावरी न्युज
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक गोदावरी न्युज
समाज
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ मंगलबार, जेठ २३, २०८०
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला मंगलबार, जेठ २३, २०८०
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै मंगलबार, जेठ २३, २०८०
कला /साहित्य
बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै शुक्रबार, जेठ १२, २०८०
टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा बिहिबार, चैत २३, २०७९
सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक शुक्रबार, चैत ३, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2023 All rights reserved.
Site by: SoftNEP