बैतडी - शुक्रबार साँझ परेको चट्याङले बैतडीको दोगडाकेदार गाउँपालिकामा एक भैंसी मरेको छ भने अन्य ३ पशुचौपाया घाइते भएका छन्।
जिल्लाको दोगडाकेदार ३ श्रीकोट जडेखालीका राजेन्द्र जोशीले पालेको एक भैंसी मरेको, एक गाई, एक बाच्छो, एक बाख्रो घाइते भएको स्थानीय हरीश जोशीले जानकारी दिए। शुक्रबार साँझ पौने ७ बजेतिर गोठमा बाँधेका चौपायामा चट्याङ परेको हो।
चट्याङले राजेन्द्रको विद्युतिय वायरिङ र सोही ठाउँका नवराज भुल र बलराम जोशीको घरमा रहेको विद्युत्को मिटरमा पनि क्षति पुगेको छ।
यस्तै ,खोचलेक प्रहरी चौकीको सोलार, इन्भर्टर र बजार क्षेत्रमा जडान गरिएको सिसिटिभीमा चट्याङले क्षति पुगेको छ।