अत्तरिया -कैलालीको अत्तरियामा सामुदायिक रेडियो अत्तरिया स्थापना भएको छ । उसले आफ्नो परिक्षण प्रसारण पनि सुरु गरेको छ ।पाँच सय वाट क्षमता भएको रेडियो अत्तरियाले बिहिवारबाट परिक्षण प्रसारण सुरु गरेको हो ।
अत्तरियामा कृयाशिल पत्रकारहरुको संस्था अत्तरिया संचार संघ द्वारा संचालित उक्त रेडियो केही दिनमै नियमित प्रसारणमा जाने रेडियोको व्यवस्थापक पक्षले जनाएको छ ।