Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
मंगलबार, जेठ २३, २०८०
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
राजनीति
  • गृहपृष्ठ
  • समाचार
  • पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्नेे सरकारको तयारी
पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्नेे सरकारको तयारी
64x64
बिहिबार, जेठ ११, २०८० गोदावरी न्युज
पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्नेे सरकारको तयारी

काठमाण्डौ - सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्नेे तयारी थालेको छ । टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका उनको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको छ ।

 'उहाँको बाँकी सजाय माफी हुनुपर्ने भनी पेश भएको निवेदन गृह मन्त्रालयबाट यहाँ आइपुगेको छ, अध्ययनपछि प्रक्रिया अघि बढ्छ’, राष्ट्रपति रामचन्द्र पौडेलको एक सल्लाहकारले भने, ‘त्यसैबारे राष्ट्रपतिज्यूसँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल र उहाँको टिम यहाँ आइपुगेको थियो ।’ 

संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ ।

गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएर फाइल राष्ट्रपति कार्यालयमा पठाएको हो । ऐनको दफा १५९ मा अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपतिलाई निवेदन दिनसक्ने व्यवस्था छ  ।

राष्ट्रपति कार्यालय स्रोतले रेशम चौधरीको कैद माफीसम्बन्धी गृह मन्त्रालयको प्रस्तावमागि अध्ययन भइरहेको जानकारी दिएको छ । सम्भवतः शुक्रबार नै फाइल गृह मन्त्रालयमा फिर्ता गरेर प्रक्रिया अघि बढ्नेछ । फाइल अघि बढेमा गृहले सजाय माफीको प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्नेछ । निर्णय गर्नुअघि सरकारले आधार र कारण खुलाई राष्ट्रपति कार्यालयमा राय पेश गर्नुपर्नेछ ।

अदालतले तोकेको सजाय पुरै वा आंशिक रुपमा माफी हुनका लागि आफूलाई सजाय गरेको अदालतको फैसलाको प्रतिलिपी निवेदनसाथ पेश गर्नुपर्ने कानूनी व्यवस्था छ । यसअघि जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएका रेशम चौधरीलाई सर्वोच्च अदालतले गत २ जेठमा जन्मकैदको फैसला सदर गरेको थियो ।

चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए उनले करिव १५ वर्ष कैद सजाय मिनाहा पाउनेछन् ।


प्रकाशित मिति: बिहिबार, जेठ ११, २०८०, १६:१९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
भीमदत्त राजमार्ग छेउछाउसँगैको जङ्गल क्षेत्रमा अव्यवस्थित बसोबास, बर्सेनि वन क्षेत्र अतिक्रमणको चपेटामा
भीमदत्त राजमार्ग छेउछाउसँगैको जङ्गल क्षेत्रमा अव्यवस्थित बसोबास, बर्सेनि वन क्षेत्र अतिक्रमणको चपेटामा
प्रतिनिधिसभाको बैठक आज बस्दै
प्रतिनिधिसभाको बैठक आज बस्दै
ताजा समाचार
 नेपालमा ११ जना कोरोनाका संक्रमित थपिए  नेपालमा ११ जना कोरोनाका संक्रमित थपिए मंगलबार, जेठ २३, २०८०
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीका बिधार्थी सडकमा
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीका बिधार्थी सडकमा
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन
खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
विश्व/प्रबास
आज पृथ्वीबाट हरित रङ्गको पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने
आज पृथ्वीबाट हरित रङ्गको पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने गोदावरी न्युज
२०२२ लाई बिदाई गर्दै आजदेखि नयाँ वर्ष २०२३ सुरू
२०२२ लाई बिदाई गर्दै आजदेखि नयाँ वर्ष २०२३ सुरू गोदावरी न्युज
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक गोदावरी न्युज
समाज
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ मंगलबार, जेठ २३, २०८०
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला मंगलबार, जेठ २३, २०८०
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै मंगलबार, जेठ २३, २०८०
कला /साहित्य
बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै शुक्रबार, जेठ १२, २०८०
टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा बिहिबार, चैत २३, २०७९
सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक शुक्रबार, चैत ३, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2023 All rights reserved.
Site by: SoftNEP