अत्तरिया -गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले आफुहरुले जानी बुझी गल्ती नगर्ने दाबी गरेका छन् । आज गोदावरी -१ को वडा भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
'यही समाजबाट तपाईंहरुले पठाउनु भएको हो । केही काम गर्न सक्लान भनेर हामीलाई चुनेर पठाउनु भएको हो । अन्जानमा गल्ती भए हाम्रो कान समात्न सक्नु हुन्छ । यदी जानी बुझी गल्ती भए मेयरबाट राजिनामा दिन तयार छु।' उनले भने ।
मेयर भट्टले जनताका असिमित चाहाना भएकाले अहिले कै बजेट बाट सबै पुरा गर्न गाह्रो हुने बताए । उनले प्रदेशको राजधानी गोदावरी -३ मा बनाउनु उपयुक्त हुने संकेत समेत गरे ।
'२०७४ मा निर्बाचित प्रदेश सभाले गोदावरी -४ मा राजधानी बनाउने घोषणा गर्यो । यदपी ५ बर्ष सम्म निरन्तर रुपमा एकै जना मुख्यमन्त्री बन्नु भयो तर बिडम्बना राजधानी बन्ने जमिनको भोकाधिकार हामीले लिन सकेनौ । तर त्यो जमिनको स्वामित्व त्यो बेलाको प्रदेश सभाले भोकाधिकार लिन सकेन,' मेयर भट्टले भने,' अहिले निर्बाचित प्रदेश सभाका निर्बाचित सांसदहरु यस क्षेत्रबाट निर्बाचित संघिय सांसद बिर बहादुर बलायर लगाएत ३ जना मन्त्रीहरुलाई हामीले गोदावरी -३ मा लग्यौ र देखायौँ । झण्डै एउटा पनि रुख काटन नपर्ने गरी ८० देखी ८५ बिगाहको प्लट छ । उँहाहरु कन्म्भिन्स हुनु भएको छ । हामी चाहान्छौ अहिलेको आर्थिक अबस्था जर्जर छ । प्रदेश राजधानी बनाउनु पर्ने ठाउँमा नयाँ शहर स्थापना गर्ने कुरा सम्भब नै छैन तथापी अहिले शुरुमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालय / निवास र प्रदेश सभा मात्रै बनाउन सक्यौ भने केही मन्त्रालय धनगढी मै हुन्छन । हामी यसको प्रयास मा छौं । उँहाहरु कन्भिन्स हुनु भएको छ।'
यस्तै उनले गेटा मेडिकल विश्वबिधालयलाई छिट्टै सन्चालन गर्ने कुरामा पनि पहल भईरहेको बताए । मालाखेती अस्पताललाई अब नगर अस्पताल भन्दा पनि प्रदेश अस्पतालको रुपमा बिकास गर्ने गरी कार्ययोजना बनिरहेको मेयर भट्टको भनाई रहेको छ ।