काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित सङ्घीय सांसदहरूका लागि चियापानको आयोजना गरेका छन् ।
राष्ट्रपति पौडेलले सङ्घीय संसद् र सातै प्रदेश सभा सदस्यको सम्मानमा आज (शनिबार) बिहान राष्ट्रपति भवनमा चियापान समारोहको आयोजना गरेका हुन् ।
समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उपप्रधानमन्त्री, मन्त्री, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यहरूको उपस्थिति रहेको थियो ।
फागुन २९ बाट राष्ट्रपति पदको पदभार सम्हालेका राष्ट्रपति पौडेलले उपराष्ट्रपतिको निर्वाचनमा सबै सांसद काठमाडौँ आइपुगेको सन्दर्भ पारेर चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।