अत्तरिया - दुर्गालक्ष्मी बहुमुखी क्याम्पस को स्वबियु सभापतिमा लोकराज ओझा "एल आर" ले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
सामाजिक सन्जाल मार्फत उनले "स्वतन्त्र , निष्पक्ष न्यायका लागि हाम्रो मतदान" भन्दै आइतबार साँझ उम्मेदवार घोषणा गरेका हुन । उनी काँग्रेस निकट नेपाल बिद्यार्थी संघ सम्बद्द बिद्यार्थी नेता हुन ।
ओझा नेबिसंघबाट नै सभापतिमा आकांक्षी थिए । तर स्थानीय कांग्रेस पार्टी कमिटीका नेताहरुले सभापतिमा भुबन महरालाई सभापति को उम्मेदवार बनाउन बिद्यार्थी अगुवा नेताहरुलाई दबाब दिएपछि ओझा आउट भएका हुन् ।
एल आर काँग्रेसका प्रायः स्थानीय कार्यक्रममा सकृय रहने गर्दथे। उनले सभापति को लागि निकै अगाडि देखि तयारी समेत गरेका थिए । उनको क्याम्पसका बिद्यार्थीहरु संग राम्रो सम्बन्ध रहेको बुझिएको छ ।
कोरोना माहामारीमा ओझा सहित को टिमले नगरपालिका भर विभिन्न कार्यक्रम गरेको थियो । थ्रीडिभिएल संस्थाबाट उनले आफ्ना सामाजिक गतिविधि गर्दै आएका थिए ।
ओझा काँग्रेस प्रदेस सभापति एबम संघीय सांसद वीर बहादुर बलायर निकट पनि हुन । सुदुरपश्चिम बिश्वबिधालय को आंगिक क्याम्पस को रूपमा रहेको दुर्गालक्ष्मीमा झन्डै २ हजार बिद्यार्थी अध्यनरत छन् ।
यहाँ चैत्र ८ गते स्वबियु चुनाब हुँदैछ । ८ बिद्यार्थी संगठनले निर्बाचन को लागि संगठन दर्ता गराएका छन् ।