कैलाली -नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सांसद अरुण चौधरीलाई रिहाको माग गर्दै कैलालीको लम्कीमा प्रदर्शन गरेको छ । केहीबेर अघि उक्त पार्टी सम्बद्ध नेता कार्यकर्ताले लम्की बजारमा मसाल जुलुस प्रदर्शन गरेको हो ।
र्यालीमा सहभागीहरुले 'रेशम चौधरी को रिहाई गर', 'माननिय अरुण चौधरी रिहाई गर', 'जनमतको कदर गर' लगाएतका नारा लगाएका छन । र्याली पछि आयोजित कोण सभालाई पार्टीका प्रबक्ता दामोदर पण्डित,प्रदेश सांसद रामेस्वर चौधरी लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।
चौधरीलाई रिहाइ नगरे थप आन्दोलन गर्ने उक्त पार्टीले चेतावनी समेत दिएको छ । यस अघि उक्त पार्टीले अरुण चौधरीलाई रिहा गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो ।
बाँकेको कोहलपुरबाट बिहीवार सांसद चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । ट्र्याक्टर जलाएको मुद्दामा १० वर्षदेखि नागरिक उन्मुक्तिबाट सांसद बनेका चौधरीलाई प्रहरीले बाँकेबाट पक्राउ गरेको हो । चौधरी अहिले कैलाली कारागारमा छन् ।